भुल्केमा कोरोना संक्रमण अन्त्य : मन्त्री घिमिरे

 न्यूज विराट
भुल्केमा कोरोना संक्रमण अन्त्य : मन्त्री घिमिरे

विराटनगर, २२ जेठ-प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ ।  गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले जिल्ला अस्पताल धनकुटामा देखिएको संक्रमणको पनि अन्त्य भएको बताए । अस्पतालका ४ जना बिहीबार डिस्चार्ज भएसँगै अस्पतालभित्रको संक्रमण पनि अन्त्य भएको मन्त्री घिमिरेले बताए ।

धनकुटा जिल्ला अस्पताल भित्रको संक्रमणको अध्ययन भइरहेको उनले बताए । ‘अस्पतालभित्र कसरी संक्रमण भयो भनेर अध्ययन भइरहेको छ’ मन्त्री घिमिरेले भने । उनले उदयपुर र धनकुटाबाहेकका ट्राभल हिस्ट्री विदेशबाट भएको मन्त्री घिमिरेको भनाइ छ ।

गोठगाउँमा कोरोना अस्पताल सुरु

मोरङको सुन्दरहरैचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा बिहीबारदेखि कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले आजदेखि २ सय वेडको कोरोना अस्पताल सञ्चालनमा ल्याईएको जानकारी दिए । आजदेखि संक्रमण देखिएकाहरूलाई गोठगाउँमा उपचार गर्नेगरी अस्पताल सुरु गरिएको मन्त्री घिमिरेले बताए ।

गोठगाउँपछि मेची अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनको तयारी भइरहेको उनले बताए । मन्त्री घिमिरेले प्रदेश १ मा संक्रमितका लागि अस्पतालमै राखेर उपचार गर्नेगरि तयारी भइरहेको बताए । कोरोनाको प्रकोप अझै बढ्ने देखिएसँगै विभिन्न स्थानमा उपचार  केन्द्र निर्माणको काम भइरहेको मन्त्री घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए, ६२८ डिस्चार्ज

विराटनगर, २४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा पाँच, पाँचथरमा चार, इलाममा तीन, संखुवासभा, तेह्रथुम,...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

भारतको पत्र : लिम्पियाधुरा–गुन्जी–कालापानीमा नेपालीलाई पस्न नदेऊ

काठमाडौं, १२ साउन-भारतले नेपालले हालै आफ्नो नक्सामा समेटेको भूभाग लिम्पियाधुरा, गुन्जी र कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको छ । भारतको धार्चुला उपजिल्लाधिकारीले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेख्दै नेपालीलाई सो क्षेत्रमा...

काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...

विराटनगरमा कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नगर्न महानगरको आग्रह

विराटनगर, १ साउन । पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगरमा पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै महानगरवासीलाई कोभिड संक्रमण बढीरहेकले सचेत...

७१ अंकले बढेर नेप्सेले गर्‍यो नयाँ आर्थिक वर्षको स्वागत

चालु आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्याशित उछाल आएपछि यतिबेला...

मिडिया सञ्चालक अब्दुल खत्ताबको बयान सकियो, बुधबार थुनछेक

विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब र पक्राउ परेका अर्का एक जना प्रतिवादीको बयान सकिएको छ । मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा पक्राउ परेका...

दुई मुलुकबीचको छलफलबाट समस्या समाधान

एजेन्सी, असार १-नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका छन् । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको उनले बताए । सीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्