विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी खाद्यबस्तु बिक्री, कारवाही गर्ने मन्त्रीको चेतवनी
बुधबार, ०१ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर विमानस्थल भित्रको होटलमा मनलाग्दी रूपमा खाद्यबस्तु विक्री वितरण गर्ने गरेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले विराटनगर विमानस्थलमा बुधबार अनुगमनको क्रममा विमानस्थलभित्र होटलमा मनलाग्दी रुपमा खाद्यबस्तु विक्री वितरण गरेको पाइएको हो ।
विमानस्थल क्षेत्रभित्र तीन वटा होटल तथा रेष्टुरेन्टहरु संचालनमा रहेको छ । मन्त्री किरातीले आकस्मिक रुपमा गरेको अनुगमनको क्रममा व्यवसायीहरुले अधिकतम खुद्रा मुल्यभन्दा बढी मुनाफा राखेर खाद्यबस्तुहरु बिक्री वितरण गरेको सावाग्राहीहरुले गुनासो गरेका थिए । यहाँको होटल तथा रेष्टुरेन्टमा पानी, कफी, जङफुटलगायतका खाद्यबस्तुहरु एमआरपी मुल्यभन्दा झण्डै दोब्बर मुल्यमा विक्री गरेको पाइएको थियो । यहाँको रेष्टुरेन्ट तथा क्याफेले बढी मुनाफा राखेर चिसो पेय पदार्थ, चाउचाउ, बिस्कुट र खानेपानी लगायतका सामान बिक्री वितरण गरेको भेटिएको छ ।
अनुगमनका क्रममा तोकिएको अधिकतम खुद्रा मुल्यभन्दा बढी मुनाफा राखेर खानेकुरा बिक्री वितरण गरेको पार्ईएपछि मन्त्री किरातीले यसलाई तत्काल सुधार गर्न निर्देशन दिएका छन् । जनताले गुनासो सम्बोधन नभएको सुचना प्राप्त भएपछि मन्त्री किरातीले विराटनगर विमानस्थललाई समेत क्यू.आर कोड स्क्यानर राखेर जनताले सिधै मन्त्रालयमा सुचना दिन पाउने प्रणालीको विकास गर्न निर्देशन दिए । अनुगमनका क्रममा होटल व्यावसाय सञ्चालकहरुले भाडादर महङ्गो भएका कारण अधिक मुनाफा राखेर सामान बिक्री गर्नुपरेको गुनासो गरे । महङ्गो भाडादरको भार आम जनताले बोक्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै मन्त्री किरातीले बिषय स्पष्ट पारेका थिए । पसल व्यावसाय सञ्चालकहरुले तिर्दै आएको भाडादरको बिषय समेत तत्काल नियमन गर्न मन्त्री किरातीले निर्देशन दिए । मन्त्रीको निर्देशन पश्चात विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाले पसल व्यावसायीहरुसँग नयाँ सम्झौता गरिने बताए । एमआरपी मुल्यमा खाद्यबस्तु विक्री वितरण गर्न निर्देशन दिए । मन्त्री किरातीले यसअघि काठमाडौं अन्तराष्ट्रिय विमानस्थलमा पनि यसै किसिमको अनुगमन गरेका थिए । त्यहाँ पनि सामानमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा बढी शुल्क लिएको पार्ईएपछि उनले सुधार गर्न निर्देशन दिएका थिए ।
विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ सम्पन्न गरेको हो । उक्त कार्यक्रममै...
विराटनगर, २९ चैत-लकडाउनको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो...
विराटनगर । विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजको वि. वि. एस. दोस्रो वर्षमा विवेक सुवेदीले नेपाल प्रथम गरेको कलेजले दाबी गरेको छ । त्रिभूवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१...
विराटनगर, १२ असार । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६...
श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले श्रीलंका छोडेको रहस्य खुलेको छ । बेलायती प्रसारण संस्था बीबीसीसँग कुरा गर्दै श्रीलंकाका सभामुख महिन्दा यापा आबेवार्डेनले राजापाक्षे स्वदेशमा नभएको बताएका हुन्। आर्थिक संकट गहिरिँदै गएपछि नागरिकको आन्दोलन चर्को बन्दै जाँदा...
विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा...
विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त...
जनकपुर, ३ माघ । मधेस प्रदेशमा आज (मंगलबार) सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद...