विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार यादवले आफ्नो संगठनले विद्यार्थीहरूको अधिकारका लागि सधैँ लड्दै आएकोले चुनाव जित्ने दाबी गरको हुन् । ‘हामी सधैँ विद्यार्थीहरूको हित र अधिकारका लागि लड्दै आएका छौं, र यही कारणले विद्यार्थीहरूले हामीलाई साथ दिनेछन्,’ उनले दाबीको साथ भने, ‘हामी विद्यार्थीहरूको आवाज हौं । विगतमा पनि हामीले विद्यार्थीहरूको शैक्षिक, प्राज्ञिक र भौतिक समस्याहरू समाधान गर्न ठूलो भूमिका निर्वाह गरेका छौं । हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूको गुणस्तरीय शिक्षा, सुरक्षित क्याम्पस वातावरण र उचित शैक्षिक शुल्क निर्धारण गर्नु हो ।’ यादवले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै क्याम्पसमा थप पुस्तकालय सुविधा, इन्टरनेट कनेक्टिभिटी सुधार, छात्रावास सुविधा विस्तार, र व्यावसायिक सीप विकास तालिमहरू आयोजना गर्ने वाचा गरे । उनले क्याम्पसमा हुने राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको विरुद्ध पनि खडा हुने प्रतिज्ञा गरे । अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसको स्ववियूको लागि निर्वाचनमा सभापति पदका लागि रोहित यादवका साथै सचिवमा आयुद अछामी र कोषाध्यक्षमा राजिव यादवलाई उम्मेदवार बनाएको छ । सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ र भुमेश्वर साहले उम्मेदवारी दिएका छन् । पत्रकार सम्मेलनमा सचिव पदका उम्मेदवार आयुद्ध अछामीले भने, ‘हामी विद्यार्थीहरूको योग्यता र क्षमता विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौं । हामीले उत्तीर्ण विद्यार्थीहरूलाई रोजगारी दिलाउन विभिन्न संस्थाहरूसँग सहकार्य गर्नेछौं ।’ कोषाध्यक्ष पदका उम्मेदवार राजिव यादवले स्ववियू कोषको पारदर्शी व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हामी विद्यार्थीहरूको हितमा कोषको प्रयोग गर्नेछौं । विशेष गरी आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति र अन्य सहायता प्रदान गर्ने योजना छ ।’ यसैबीच बुधबार निर्वाचन कार्यालयमा भएको आगजनीले क्याम्पसमा तनावपूर्ण वातावरण सिर्जना गरेको छ । यस घटनाले आगामी निर्वाचनमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने सम्बन्धमा चिन्ता बढाएको छ । पत्रकार सम्मेलनमा उम्मेदवार यादवले यस घटनाको कडा विरोध जनाउँदै भने, ‘क्याम्पस भित्र आगजनी र निर्वाचन अधिकारीलाई कोठामा थुन्नु यो गैरकानुनी हर्कत हो । हामी यस प्रकारको घटनाको घोर निन्दा र भत्र्सना गर्दछौं ।’ क्याम्पस प्रशासनले निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । विद्यार्थी संगठनहरूबीच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी संगठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचन अधिकृत डा. शुशिल कुमार अधिकारीले आगामी निर्वाचन निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । उनले सबै विद्यार्थी संगठनहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । क्याम्पस प्रमुख डा. दिलीप कुमार श्रेष्ठले यस घटनालाई लिएर चैत ५ गते हुने यस निर्वाचनमा क्याम्पसका करिब ५ हजार ५ सय विद्यार्थीहरू मतदान गर्ने अधिकार रहेको छ ।
विराटनगर, २३ भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । क्लबले विश्व साक्षरता दिवसको अवसरमा विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण...
विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...
विराटनगर, जेठ १८–नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ–आफ्नै रीतिरिवाज र संस्कृति रहेका छन् । त्यसमध्येको एक हो बाँतर जाती । विशेष गरी तराईमा बसोबास गर्ने यो जातीको आफ्नै मौलिक परम्परा र संस्कृति रहेको छ ।...
विराटनगर, ७ माघ । नेकपा (एमाले) मोरङले तीन महिने ‘वडा जागरण’ अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पूर्ण बैठकले जिल्लाका एक सय ५९ वटै वडामा...
विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...
विराटनगर, १६ कात्तिक । सौर्य एयरलाइन्सले आगाी कात्तिक २२ गतेदेखि विराटनगर–भैरहवा उडान गर्ने भएको छ । प्रदेश नं. १ को राजधानीस्थित विराटनगर विमानस्थलबाट लुम्बिनी प्रदेशको भैरहवामा सिधा उडान गर्ने भएको हो । अन्तरप्रदेश उडान गर्ने...
विराटनगर । नेपालका दुई प्रतिष्ठित शैक्षिक संस्थाको सम्झौता भएको छ । काठमाडौं विश्वबिद्यालय स्कुल अफ एजुकेशन र विराटनगर १४ मा रहेको एस्पायर कलेजबीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता भएको हो । निरन्तर व्यावसायिक शैक्षिक केन्द्र...
विराटनगर, ८ असोज । मोरङ बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन्...