टियू टप गर्ने सुवेदीलाई हिमालय दर्शन कलेजको सम्मान
शुक्रबार, ११ माघ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजको वि. वि. एस. दोस्रो वर्षमा विवेक सुवेदीले नेपाल प्रथम गरेको कलेजले दाबी गरेको छ । त्रिभूवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१ दशवलप ८० प्रतिशत ल्याएर नेपाल टप गरेको कलेजले दाबी गरेको हो । कलेजका मेधावी छात्रा सुवेदीले बि बि एस प्रथम वर्षको परीक्षामा पनि कोशी प्रदेश टप गरेको कलेजले जनाएको छ । दोस्रो वर्षमा देशभरीमा टप गरेका सुवेदीलाई कलेजले पुरस्कृत गरेको छ । कलेज परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी उनलाई नगद १५ हजार रुपैयाँसहित कदर पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरेको हो । त्यसैगरी उत्कृष्ट हुने अन्य विद्यार्थीहरुलाई पनि कलेजले सम्मान गरेको छ । जसमा राहुल साह, रक्षा लुईटेल, रीति रोय, सोफिया, सुरेश गुरागाई, अनिसा कुमारी राजवंशी, ममता चापागाइ, इशा राय, मेविसा विष्ट, निसा रायलाई कलेजले सम्मान गरेको थियो । सम्मानित हुने विद्यार्थीहरुलाई कलेज प्रमुख भरत सापकोटा, कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी, विभागीय प्रमुखहरु अन्जु भजुेल, भुपाल मिश्र, सुमन साह, कुशल निरौलालागयतले सम्मान गरेका थिए । २०७० सालमा स्थापना भएको हिमालय दर्शन कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यार्थीहरुले उत्कृष्ट नतिा ल्याउँदै आएको कलेज प्रमुख सापकोटाले बताए । कलेजमा बिबिएस, बिएससी सिएसआइटी, विआइएम, विएचएम, विविएलगायतका पढाइ हुने गरेको छ ।
विराटनगर, चैत्र २४–प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । प्रदेश सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा निरन्तर बढ्दै गएको छ । पछिल्लो १ दिनमा भारतमा ७ सय जना नयाँ संक्रमित देखिएका छन् । एकैदिनमा ७ सय थपिँदा भारतमा संक्रमितको संख्या ४ हजा...
विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...
काठमाडौं, १७ मंसिर-१५ मंसिर मध्याह्न काठमाडौंको सडकमा चर्को नारा उर्लियो, ‘राजा आऊ, देश बचाऊ ।’ यो नारा विराटनगर, बुटवल, धनगढी, पोखरा, हेटौँडा हुँदै काठमाडौं भित्रिएको हो । यी सबै सडक आन्दोलनमा राजनीतिक दलहरूको घोषित संलग्नता...
काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका...
काठमाडौं, २३ जेठ-नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राती लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा काम गर्ने पाइलटकोहरूको तलब फेरि कटौती गरिएको छ । निगम स्रोतका अनुसार गत आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले तलव कटौती गर्ने निर्णय गरेको हो ।...
विराटनगर, ८ मंसिर–प्रदेश १ मा सोमबार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा चार, इलाम, उदयपुर र धनकुटामा तीन÷तीन, तेह्रथुम र भोजपुरमा...