कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

 न्यूज विराट
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प तथा गोपनीयताको शपथ गराएका हुन् ।

कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीसँगै नेकपा एमालेका रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन्। राना नेकपा एमाले कोशी संसदीय दलका उपनेता हुन्। कांग्रेसका राईले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

सम्बन्धित समाचार

विराटनगरमा साइकल चालकलाई मुक्का हान्ने युवालाई १० वर्ष कैद र १ लाख जरिवनाको माग दाबी, आइतबार मुद्दा दर्ता हुने

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवनासहितको माग दाबी लिएर मुद्दा...

पत्रकारको उपचार गर्दा लागेको खर्च र हराएको संचार उपकरणको क्षतिपूर्ति दिन पत्रकार महासंघको माग

विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा घाइते भएका संचारकर्मीको उपचार खर्च र क्षति भएको संचार उपकरणको क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ । नेपाल...

जीवन विकास गोल्डकप सुरू, उद्घाटन खेलामा पशुपति युवा क्लबको विजयी सुरूवात

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा...

मोरङ प्रहरीद्धारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल...

अलपत्रलाई उद्धार गर्न बुटवलमा २ वटा बसको व्यवस्था

बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिँड्न पनि रोक लगाएपछि सडकमा यात्रु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्रीसमेत देखिन छाडेका हुन् ।...

गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय १६ पुग्यो

पोखरा, २४ असार-गण्डकी प्रदेशमा बुधबार बिहान ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार...

चितवनमा थप ५ जनामा कोरोना पुष्टि

चितवन, ८ असार-चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएको परीक्षणमा माडी...

माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, जेठ २६-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्