विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

 न्यूज विराट
विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

विराटनगर । ६८ औँ प्रहरी दिवसको अवसर पारेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीले शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

आज विहान बिराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा नेपाल प्रहरीका ५९ जना, नेपाली सेनाका ४ जना, शशस्त्र प्रहरी बल नेपालका १३ जना र ३० जना सर्वसाधारण गरी कुल १०६ जनाले रक्तदान गरेका थिए ।

साथै सोही स्थानमा प्रमुख अतिथिबाट बैण्ड डिस्प्लेको शुभारम्भ भई कोशी प्रदेश प्रहरी कार्यालयको बैण्ड टोलीले राष्ट्रिय भावहरु झल्किने धुनहरु बजाएर बैण्ड प्रदर्शनी समेत गरेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देबकोटा बास्तोला, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरु लगायत अन्य प्रहरी कर्मचारीहरु, सशस्त्र प्रहरी, नेपाली सेनाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । साथै ६८ औ प्रहरी दिवश २०८० को अवसरमा कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुले समेत आ(आफ्नो जिल्लामा रक्तदान कार्यक्रम संचालन गरे ।
यसैगरी बिभिन्न खेलकुदको कार्यक्रम सम्पन्न भएको छ । असोज २५ गतेबाट संचालन भएको आन्तरिक खेलकुद कार्यक्रममा ब्याडमिन्टन, लामो दौड, टेवल टेनिस लगायतका बिभिन्न खेलहरु खेलाईएको थियो भने खेलमा बिजय हुने खेलाडीहरुलाई प्रहरी दिवसको दिन पुरस्कृत गरिने छ ।

यस्तै आज साँझ सचेतनामुलक बृतचित्र प्रदर्शनी गरेको छ । बृतचित्र प्रदर्शनीमा नेपाल प्रहरी प्रधान कार्यालय तथा कोशी प्रदेश प्रहरी कार्यालयबाट तयार गरेको साईवर क्राईम, लागुऔषध, सामाजिक संजालको प्रयोग लगायतका बिषयहरु समेटिएको भिडियोहरु प्रदर्शनी गरिएको थियो । वृतचित्र प्रदर्शनीमा करिव १५० जना सर्वसाधारणको उपस्थिति रहेको थियो । साथै ६८ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुले समेत आज साँझ सचेतनामुलक बृतचित्र प्रदर्शन गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ को राजधानी विराटनगर ‘लक डाउन’

कोरोना संक्रमण सतर्कता अपनाउन विराटनगर महानगरपालिकामा मंगलबार बिहान १० बजेदेखि लागू हुनेगरी ’लकडाउन’ गरिने भएको छ । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा अनिश्चितकालीन लकडाउनका समयमा कुनै पनि सार्वजनिक यातायात, निजी सवारी, सिटी, अटो, रिक्सा...

नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह, विद्यार्थी संगठनहरुको अडान कायमै

विराटनगर, १० माघ । विराटनगरस्थित नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आन्दोलनका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिदिन प्रशासनले आग्रह गरेको हो...

विराटनगरमा १७ सहित प्रदेश १ मा २१५ जनामा कोरोना संक्रमण

विराटनगर, ४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले...

हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना

रोटरी इन्टरशनेशनल डिस्ट्रीक्ट ३२९२ नेपाल-भूटान २०२१/२२ को डिस्ट्रीक्ट गभर्नर पदमा चयन हुनुभएकोमा रोटरियन सन्तोष प्रसाद रिजाल र प्रथम महिला रोटरियन नविनिता रिजाल ज्यूलाई हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । –रोटरी क्लब अफ...

कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने

काठमाडौं, २२ साउन । कोभिसिल्ड खोपको दोस्रो डोज २५ साउनदेखि लगाइने भएको छ । भुटानबाट शुक्रबार तीन लाख डोज एस्ट्राजेनेकाको खोप आएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दोस्रो मात्रा लगाउन लागिएको हो । ‘२५ गतेदेखि...

देशभर कोरोनाबाट १८७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार...

दैलेख हुलाक कार्यालयका पूर्वप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत, ७ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय कर्मचारी नियुक्ति गर्दा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन...

कोरोना खोपको साइड इफेक्ट देखिए क्षतिपूर्ति दिने घोषणा

एजेन्सी, १९ मंसिर-बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्