झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि - News Birat

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज विराट

विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास कन्त्रालयले जनाएको छ ।संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles