मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत शनिबार
शुक्रबार, २६ असोज, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि ४७र४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लागेका हुन् ।
दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।
मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् । अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् ।
कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ ।
एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।
चितवन, ७ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा...
विराटनगर, ३० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । एनआईसी एसिया बैंकको सहयोगमा क्लबले एक कार्यक्रमकाबिच विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो...
विराटनगर । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न तीन तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने एक कार्यक्रममा सरोकारवाहरूले जोड दिएका छन् ।प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ...
पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...
विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र रहेका कैदीबन्दीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ । गिरी फाउन्डेसनको आयोजनामा शनिबार कारागारमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा कैद भुक्तान गर्र्दै आएका ६ सय...
काठमाडौं, फागुन ८–सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सो अडियो टेपमा सेक्युरिटी प्रेस खरिद...
विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज...