विराटनगर । राजवंशी समाज उत्थान समिति विराट अन्र्तगतको विराट राजवंशी महिला समुहले जितिया उत्सव मनाएका छन् । विराटनगर १२ स्थित सामुदायिक भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी जितिया उत्सव मनाएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले चाडपर्वले एकअर्को समुदायलाई जोड्ने भएकाले समुदायको संस्कृतिलाई संरक्षण गरिनुपर्ने बताइन् । उनले सबै समुदायका चाडपर्वहरु निश्चित र बिशिष्ठ उद्धेश्य बोकेको हुनाले समुदायका चाडपर्व र संस्कृति संरक्षण आवश्यक रहेको बताइन् । उनले चाडपर्वको संरक्षणगर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन् ।
कार्यक्रम संयोजिका सुशिला राजवंशीले जितिया राजवंशी महिलाहरुको मौलिक र निष्ठाको पर्व रहेको बताइन् । विराटनगर १२ का वडासदस्य कुशेश्वर राजवंशीले बखरीमा २०६३ सालदेखी निरन्तर जितिया उत्सव आयोजना गर्ने गरिएको जानकारी दिए । कार्यक्रममा समाजसेवी बसन्त राजवंशी,आयोजक समुहकी सचिव देविका राजवंशी लगायतले संस्कृति संरक्षणमा लागि पर्नुपर्नेमा जोड दिए ।सो अवसरमा समुदाय भित्रका कलाकारहरुले मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गरे ।
बलात्कार मुद्दामा अदालतले ९ वर्ष सजाय ताेकेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा- १६ का २० वर्षीय रुद्रबहादुर खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाे टाेलीले हिजाे पक्राउ गरेकाे हाे...
विराटनगर, २१ माघ । सरकारलेसंसदीय सुनुवाईको प्रकृया पुरा नगरी संवैधानिक आयोगहरुमा नियुक्त पदाधिकारीलाई शपथग्रहण गराएको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समुहले बुधबार साँझ विराटनगरमा मशाल जुलुस प्रदर्शन गरेको छ । संवैधानिक परिषद्ले गरेको नियुक्ति...
बुटवल, ३ वैशाख-प्रदेश–५ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।प्रदेश–५ मा मंगलबारसम्म १२ सय ७ जनाको आरडीटी किटको माध्यमबाट स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट...
विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले पूर्वी नेपालमा रहेका स्वास्थ्य माफियाहरुको अन्त्यका लागि पनि मंगलबारेमा ट्रमा सेन्टर निर्माणका लागि नेकपा नेतृत्वको प्रदेश सरकार लागिपरेको बताएका छन् । नेकपा उर्लाबारी नगरकमिटीले मंगलबार आयोजना...
काठमाडौं, १९ असोज-तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै...
काठमाडौं, १० वैशाख-मुस्लिम संघ नेपालले तब्लिक जमातीलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन...
काठमाडौं, १७ माघ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय स्नातक तह प्रवेश परीक्षाको आइतबार प्रकाशित भएको छ । बीबीए, बीआईएम, बीटीटीएम, बीएचएम, बीएमएस, बीपीए र बीबीए–एफ कार्यक्रमका लागि यही माघ ८ गते भएको प्रवेश परीक्षाको नतिजा...
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावमा छलफल गर्न नसकिने जानकारी दिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पठाएको पत्र उपप्रधानमन्त्री तथा सचिवालय...