म र प्रचण्डबीच फाटाे ल्याउने ओलीप्रयास सफल हुन दिँदैनौँः माधव नेपाल - News Birat

म र प्रचण्डबीच फाटाे ल्याउने ओलीप्रयास सफल हुन दिँदैनौँः माधव नेपाल

न्यूज विराट

नेकपा वरिष्ठ नेता माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउने प्रधानमन्त्री केपी ओलीकाे प्रयासलाई सफल हुन नदिने बताएका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहकाे केन्द्रीय संघर्ष समितिले काठमाडाैंमा आयाेजना गरेकाे विराेधसभामा नेता नेपालले आफूहरू पदका लागि नभई विधि र पद्धतिका पक्षमा एक भएकाे बताए ।

अहिलेकाे लडाइँमा केपी ओलीले हारिसकेकाे पनि उनले दाबी गरे । ‘भ्रष्टाचार गरेको सबै रकम खर्च गर्दा पनि, भाडामा मानिस ल्याउँदा पनि केपी ओलीकाे आमसभा सानो देखियो’, नेपालले भने, ‘केपी ओलीकाे पक्षमा १ सय जना मात्र केन्द्रीय सदस्य छन् । हाम्राे पक्षमा ३ सय जना छन्।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles