कोशी प्रदेशका मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार

 न्यूज विराट
कोशी प्रदेशका मन्त्री मेन्याङ्बोमाथि दुर्व्यवहार

विराटनगर । कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थमन्त्री तिलककुमार मेन्याङ्बोलाई पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन् । जिल्ला अस्पताल खोटाङको निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलको हस्पिटल चौकमा कालो झन्डा देखाएका हुन् ।

कालो झन्डा देखाउने र सुरक्षाकर्मीबीच झडप हुँदा किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल संघर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् । बाटो क्लियर गर्ने क्रममा झडप भएको खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारले बताए ।

सम्बन्धित समाचार

लकडाउन खुकुलाे भए पनि विद्यालय तत्काल नखुल्ने

काठमाडौं, १४ वैशाख-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा २२ चैतदेखि सञ्चालित अनलाइन...

अर्थमन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूकाे चर्काे दबाब

सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन  प्रधानमन्त्री देउवालाई चर्काे...

बीपीमा कोरोना उपचारका लागि पहिल्यै ७ देखि ६० हजारसम्म जम्मा गर्नुपर्ने

विराटनगर, ६ कात्तिक-वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण तथा कोभिड संक्रमित उपचारको लागी नयाँ निर्णय भएको छ । आइतबार देखि लागु हुने निर्णय अनुसार पिसिआर परिक्षणको नयाँ शुल्क २२ सय निर्धारण गरीएको छ ।...

प्रदेश १ मा आज ४६३ संक्रमणमुक्त, ४४३ संक्रमित थपिए

विराटनगर, २३ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ ।...

प्रदेश १ : उर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ कारोड

विराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा उर्जा तथा सिँचाइका लागि तीन अर्ब बढी बजेट विनियोजन गरेको छ। मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा...

प्रदेश १ का चार पत्रकार पुरस्कृत

विराटनगर, १२ असार । प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुुरस्कार–२०७८ वाट प्रदेश एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुुरस्कृत गरेको छ । प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशिल पत्रकारलाई रु १...

मुख्यमन्त्री राईद्वारा सहिद दिवसको शुभकामना

विराटनगर, माघ १६–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने...

कोभिड-१९ का नाममा भएका खर्चको अलग्गै लेखा परीक्षण हुने

काठमाडौं, १६ असार-महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको खर्च, जुटेको सहयोग लगायतका विषयमा कार्यालयले अलग्गै लेखा परीक्षण गर्ने भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्