अर्थमन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूकाे चर्काे दबाब

 न्यूज विराट
अर्थमन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूकाे चर्काे दबाब

सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन  प्रधानमन्त्री देउवालाई चर्काे दबाब दिएका हुन् ।

व्यापक रूपमा आलाेचना हुँदा पनि अर्थमन्त्री शर्मालाई हटाउन तत्पर नदेखिएपछि देउवा माथिसमेत नेताहरूले प्रश्न उठाउन थालेका छन् ।

‘अर्थमन्त्रीको अयोग्यता छताछुल्ल छ । अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ । गभर्नर निलम्बन प्रकरण एउटा दृष्टान्त हो’, कांग्रेस नेता गुरु घिमिरेले भनेका छन् ‘अहिले आएर सीसीटीभी फुटेज मेटाउनुले उहाँको थप अयोग्यतालाई दर्शाउँछ । के नेपालमा अर्थमन्त्री हुने अरु मान्छे छैनन् ? प्रधानमन्त्रीले मन्त्री फेर्नु पर्दैन ?´

बजेटको अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्माले मन्त्रालयमा छिराएकाे आराेप छ ।

सम्बन्धित समाचार

विराटनगर देवकोटा चोकको रोयल मिल्कमा कुहिएको मासु, १० किलो नष्ट

विराटनगर । विराटनगरको देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको खसीको मासु भेटिएको छ ।विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनको क्रममा रोयल मिल्क मिट सेन्टरमा कुहिएको मासु भेटिएको हो ।खसीको कुहिएको मासु १० किलो भेटिएपछि नष्ट...

मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

विराटनगर, ६ साउन । छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनौट भएका छन् । विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागि...

दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालले चार...

हाफ म्याराथन प्रतियोगिता हुँदै, बिजेतालाई एक लाख पुरस्कार

विराटनगर । कोशी प्रदेश सरकारले हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । खेलकुद पर्यटन प्रवद्र्धन, विराट– बर्जु हाफ म्याराथन’ मुल नाराको साथ मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता गर्ने भएको हो...

सर्वोच्चको गेटमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीमाथि प्रहरीले हातपात गरेको हो । प्रहरीसँगको घम्साघम्सीमा...

रोटरीद्धारा विद्यार्थीलाई छाता बितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो । विद्यार्थीहरूलाई रोटरी...

प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक दिनेश गौतम घाइते

नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी...

मेयर नै आन्दोलनमा

जनकपुर, माघ २१–पत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन् । साहनिकट मानिने धर्मेन्द्र साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । नगर प्रमुख साह धर्मेन्द्रलाई छुटाउन आफंै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्