एभरेष्टमा सकियो पौडी प्रतियोगिता : साइरस मिश्रले जिते पाँच स्वर्ण

 न्यूज विराट
एभरेष्टमा सकियो पौडी प्रतियोगिता : साइरस मिश्रले जिते पाँच स्वर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ ।
उमेर समूह, दुरी र स्टाइलमा गरि १७ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । धावा तामाङ २ वटा स्वर्णसहित ७ वटा पदक ल्याए । उनले २ स्वर्ण , २ रजत र ३ वटा कास्य पदक जित्न सफल भए । यस्तै इमोन लामाले पनि २ स्वर्ण र ५ वटा रजतसहित ७ वटा पदक पाए । यस्तै सिद्धार्थ तामाङ २ स्वर्ण र १ रजत पदक हात पारे ।

विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार ३० मिटर फ्रि स्टाइल ८ वर्षभन्दा कम उमेर समूमा प्रणव भट्टराई प्रथम, स्वराज नेपाल द्धित्तिय र रन्जित साह तृतिय भए । २५ मिटर फ्रि स्टाईलमा ८ देखि १० वर्षको उमेर समूहबाट आरोग्य पाण्डे, आश्रय भण्डारी र आरभ घिमिरे तथा ५० मिटर फ्रि स्टाइलमा १२ देख १४ वर्ष उमेर समूहमा ओनस प्रधान, सिद्धार्थ तामाङ र अमन यादव क्रमशः प्रथम, द्धितिय तृतिय भए । ५० मिटर फ्रि स्टाइलमा १० देखि १२ वर्ष उमेर समूहमा धावा तामाङ, हर्षिभ राठी, र दृशान्त भण्डारी प्रथम द्धित्तिय र तृतिय भए ।

५० मिटर फ्रि स्टाइल १४ वर्ष माथिको उमेर समूहमा साइरस मिश्र, अभियान बुढाथोकी र क्षितिज चौधरी प्रथम, द्धित्तिय र तृतिय हुँदा ५० मिटर फ्रि स्टाईल खुला तर्फ साइरस मिश्र, इमोन लामा, अभियान बुढाथोकी तथा १०० मिटर फ्रि स्टाईल खुलामा इमोन लामा, क्षितिज चौधरी र हर्षितप्रताप सिंह प्रथम द्धित्तिय र तृतिय भए ।

महिला तर्फ २५ मिटर फ्रि स्टाइलमा आस्ना कटुवाल प्रथम, आरुशी जोशी द्धित्तिय र आरुशी बालाकोटी तृतिय हुँदा ५० मिटर खुलातर्फ यदेन लामा प्रथम, टुईङ्कल गुप्ता द्धित्तिय, युदिता श्रेष्ठ तृतिय भइन् ।

विजेताहरुलाई एभरेष्ट स्कुलका प्रिन्सीपल टिकाराम पुरी, भाई प्रिन्सीपल टीएन भण्डारी, एभरेष्ट कलेजका सहायक प्राचार्य नारायण कडरीया, पौडी प्रशिक्षक इन्द्रराज भण्डारीलगायतले पदक वितरण गरे । यसैबिच १ हजार मिटरको पौडी प्रतियोगितामा सहभागिता जनाउने ५ जना विद्यार्थीलाई प्रोत्साहन स्वरुप एक÷एक हजार रुपैयाँ नगद पाए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

रुकुम घटनाको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसकाे माग

काठमाडाैं, १९ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख...

त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २० असार-विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको...

भारतीय वरिष्ठ पत्रकार भन्छन्– कालापानी नेपाली भूमि हो, भारतको दाबी पुग्दैन

काठमाडौं, १० जेठ-भारतका वरिष्ठ वामपन्थी पत्रकार आनन्द स्वरुप बर्माले नेपालले हालै आफ्नो नक्सामा सामेल गरेको भूभाग नेपालकै भएको बताएका छन् । आजतकसँगको कुराकानीमा वरिष्ठ पत्रकार बर्माले यो क्षेत्रमा सन् १९६२ मा भएको भारत–चीन युद्धमा तत्कालीन...

चिनियाँ राजदूत घरभित्र मृत फेला

एजेन्सी, जेठ ४-इजरायलमा चीनका राजदूत मृत फेला परेका छन् । बीबीसीका अनुसार इजरायलका लागि चिनियाँ राजदूत ५८ वर्षीय डु वेई तेलअभिवस्थित घरभित्र ओछ्यानमा मृत फेला परेका हुन् । इजरायली अधिकारीले राजदूतकाे मृत्यु भने पुष्टि गरिसकेका छन् । उनकाे मृत्युकाे कारण...

पार्टीले हामीप्रति बँधुवा मजदुरलाई जस्तो व्यवहार गर्‍यो : यादव

काठमाडौं, ११ बैशाख-समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफूहरूले समाजवादी पार्टी विभाजन गर्न नखोजेको बताएका छन् ।उनले पार्टीले आफूहरूप्रति बँधुवा मजदुरलाई जस्तो व्यवहार गरेको भन्दै आफूहरू त्यसविरूद्ध एकजुट भएको बताए । आफूहरूले अन्यायको विरोध गरेको उल्लेख गर्दै...

संखुवासभाबाट ५ विदेशी पर्यटकको उद्धार

संखुवासभाको सभापोखरी गाउँपालिकाबाट पाँच विदेशी पर्यटकको उद्दार गरिएको छ । सभापोखरी–२ बाह्रेविसे मकालु हिमाल ट्रेकिङका लागि आएका ५ विदेशी पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरिएको हो । अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिकलाई...

किमको उपचारका लागि चीनले पठायो चिकित्सकसहितको टोली

एजेन्सी, बैशाख १३-चीनले उत्तर कोरियाली नेता किम जोङ–उनको स्वास्थ्यबारे सल्लाह दिनका लागि आफ्नो १ टिम पठाएको छ । जसमा मेडिकल विशेषज्ञसमेत सामेल छन् । किम जोङ उनको स्वास्थ्यबारे अनेक अट्कलबाजीका समाचार आइरहेका बेला चीनले चिकित्सकसहितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्