लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाउँछु : इन्सपेक्टर वेल्वासे
शुक्रबार, १५ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप वेल्वासेले भारतसँगको खुला सीमाका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बनिरहेको अवस्थामा यसको रोकथाम र नियन्त्रणमा लागि पर्ने बताएका छन् ।
शुक्रबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले भयावह अवस्थामा रहेको लागूऔषध नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको जानकारी दिए ।
‘सबै पक्षसँग समन्वय गर्दै लागूऔषधलगायतका अपराध नियन्त्रणका लागि प्रहरी निर्मम रूपमा प्रस्तुत हुन्छ,’ इन्सपेक्टर वेल्वासले भने, ‘अपराधरहित समाज निर्माणमा सबै सरोकारवालाको सहयोग प्रहरीलाई आवश्यक छ ।’ लागूऔषध रोक थाम र नियन्त्रणको लागि अभियान सुरु गर्ने उनले बताए । सबैको साथसहयोगले मात्र शान्ति सुरक्षा कायम गरेर अपरोध रोकथाम र नियन्त्रण गर्न सकिने उनले बताए । ‘त्यसैले समाजमा सबैको साथ सहयोगको खाचो रहेको छ,’ उनले भने ।
भारतसँग सीमा जोडिएको इप्रका रानीमा आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न अपराधसँग सम्बन्धित ३ सय २२ वटा मुद्दा दर्ता भएको अभिलेखमा देखिन्छ । एक वर्षमा ३२२ वटा मुद्दा दर्ता भएको मध्ये लागूऔषधसँग सम्बन्धित मात्रै २ सय ७ वटा छन् । जुन प्रतिशतको हिसाबले ६४.२८ प्रतिशत हुन आउँछ । प्रहरी हिरासत सधैँजसो लागूऔषध सम्बन्धी मुद्दाका थुनुवाले नै भरिने गरेको छ । रानीबाट आर्थिक वर्ष २०७८÷०७९ मा लागूऔषधसँग सम्बन्धित १ सय ९३ वटा मुद्दा दर्ता भएको थियो । २०७७÷०७८ मा १ सय १ वटा मुद्दा दर्ता भएका थिए । सीमा क्षेत्रमा लागूऔषधको तुलनामा अन्य अपराधसँग सम्बन्धित मुद्दा कम छन् ।
विराटनगरको रानीमा मात्रै हैन, लागूऔषधसँग सम्बन्धित मुद्दा कोशी प्रदेशमै धेरै छ । विशेष गरेर भारतसँग खुला सीमा रहेका मोरङ, सुनसरी, झापा, इलामलगायतका जिल्लामा लागूऔषधसँग सम्बन्धित घटना अत्यधिक रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लागूऔषध बरामद हुने र मानिस पक्राउ पर्ने क्रम बढिरहँदा नेपाली समाज लागूऔषधको दलदलमा फस्दै गइरहेको पुष्टि हुन्छ ।
सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा ‘लौरो’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता लिएका छन् । केही बेरअघि सार्वजनिक मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार राईले ८ हजार ५ सय ९ मत प्राप्त गर्दै अग्रता...
विराटनगर, फागुन १८–एलजीको मेची महाकाली रोड शो विराटनगर आइपुगेको छ । एलजीका इलेक्ट्रोनिक्स सामानको उपयोगिताका विषयमा जानकारी दिन एलजीले पूर्वका विभिन्न शहरमा रोड शो सञ्चालन गरिरहेको जनाएको छ । एलजीले इलेक्ट्रोनिक्सका सामानको खरिदमा ५० प्रतिशतसम्म...
सप्तरी, १ असार-बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट १ युवक पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ का ३७ वर्षीय शिवशङ्कर मण्डल १ वर्षपछि आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले...
विराटनगर, चैत १९–सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ५१ लाख रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले तहअनुसारका कर्मचारीहरुको चैत महिनाको तलबबाट उक्त कोषमा ५१ लाख ७...
लमजुङ । हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु भएको छ । चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार मतदान सकिए लगत्तै सर्वदलीय...
विराटनगर, असार ७–मोरङ बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर–६ स्थित स्टर्न कोल्ड स्टोरमा वेल्डिङ गर्ने क्रममा महतोको करेन्ट लागेर मृत्यु भएको छ...
विराटनगर । बैंकको चर्को ब्याजका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधवार विराटनगरमा बृहत् मौन–जुलुसमा कालो टिसर्ट लगाएर विरोध स्वरुम सडकमा उत्रिएका हुन् । मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल...
एजेन्सी, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्यूत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो...