मनाङमा मतगणना सुरु - News Birat

मनाङमा मतगणना सुरु

न्यूज विराट

लमजुङ । हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु भएको छ ।

चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार मतदान सकिए लगत्तै सर्वदलीय बैठक बसी मतगणना गर्ने निर्णय भए अनुसार हाल मत गणना भइरहको हो ।

गाउँपालिका कार्यालय रहेका भवनमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना भएको छ । तारजालीसहित सीसी क्यामरा जडान भएको मतगणना स्थल छ ।

२८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । यो ६२.६० प्रतिशत मत खसेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles