विराटनगर, चैत १९–सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ५१ लाख रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले तहअनुसारका कर्मचारीहरुको चैत महिनाको तलबबाट उक्त कोषमा ५१ लाख ७ हजार १ सय १६ रुपैयाँ जम्मा गरेको हो ।
प्राधिकरणले महानिर्देशक सहित तह १२ देखि तह १० सम्मका कर्मचारीहरुको ७ दिन, ९ औँ तहदेखि छैठौँ तह सम्मका कर्मचारीहरुको ५ दिन र ५ औँ तहदेखि श्रेणिविहिन कर्मचारीको ३ दिनको तलब बराबरको रकम कट्टा गरि कोषमा जम्मा गरेको निर्देशक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।