एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट
शनिबार, ०९ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ स्टारको छनोट चरणको अडिसन उर्लाबारी, रंगेली, विराटचोक र विराटनगरमा भएको थियो । ‘ आवाज तपाईको, गौरभ राष्ट्रको, देन निजी स्कुलहरु’ को भन्ने मुल नाराका साथ भएको चार ठाउमा भएको अडिसनबाट १ सय १६ जना छनौट भएको कार्यक्रम संयोजक हिरा थापाले जानकारी दिए । चार चरणको अडिसनमा १ सय ६४ जना विद्यार्थीहरुबाट १ सय १६ जना विद्यार्थीहरु अडिसन राउण्डमा छनोट भएका छन् । उर्लाबारिमा ४८ जना भाग लिएका विद्यार्थीहरु मध्ये २६ जना छनोट भए । रंगेली अडिसनमा ३६ जना सहभागि मध्ये २४ जना, विराटचोक २६ जना सहभागि मध्ये १७ जना र विराटनगरमा भएको अडिसनमा ५४ जना सहभागि विद्यार्थीहरुमा ४९ जना विद्यार्थीहरु छनोट भएको कार्यक्रम संयोजक थापाले बताए । प्रतियोगिताको समेफिाइनल असोज ३ गते विराटनगरमा हुने भएको छ । सेमिफाइनलबाट फाइनलमा १० जना छनोट गर्ने तयारी गरिएको छ । प्रतियोगिताको बिजेताले २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार सान्तवनाले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छनोट चरणको निर्णायकहरूमा सुमन श्रेष्ठ, दिपेन थापा, जेवी थुलुङ र दुर्गा पराजुली रहेका छन् । छनोट चरणको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन मोरङका प्रेमलालसिंह सुवाल रहेका थिए । कार्यक्रम प्याब्सन विराटनगरका पुर्व अध्यक्ष इन्द्र राई, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष मोहन बुढाथोकीलगायतले बोलेका थिए ।
सीपी लोहिया, न्युज कारखाना । बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थ वर्करहरूले २६ महिनासम्मको तलब पाएका छैनन । बिभिन्न चरणमा भएको सहमति कार्यान्वयन नहुँदा ती मजदुरले तलव नपाएका हुन । २३ महिनासम्मको तलब नपाएको भन्दै गत...
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका छन् । मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र...
विराटनगर, २७ जेठ । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को पाँच दलिय गठबन्धन सरकार कमिशन तन्त्रमा फसेको आरोप लगाएका छन् । शुक्रबार आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा...
मकर सङ्क्रान्ति पर्व आज मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेल कुनै तर्कमा आधारित नभएर उत्तेजनामा बागी उठेको बताएका छन् । भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । ‘मैले जगन्नाथजीसँग कुरा...
काठमाडौं, ४ मंसिर-तीन ठूला सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारीस्वरूप नेपाल पत्रकार महासंघले आज विभिन्न संघसंगठनसँग राय सुझाव लिएको छ । महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका...
एजेन्सी, चैत १८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...
एजेन्सी, १७ कात्तिक-अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरूको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डरसमेत रहेको जनाइएको छ । घटनाका बारेमा थप विवरण संकलन...