
नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठक भोलि धुम्बाराहीमा एक बजे बस्ने भएको छ । आवश्यक परेको अवस्थामा सचिवालयमा छलफल र स्थायी कमिटीको बीचमा पनि अध्यक्षहरूले छलफल गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।