लाखे नाच पर्वलाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू

 न्यूज विराट
लाखे नाच पर्वलाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू

विराटनगर । नेवार सामुदायका लाखे नाच पर्व लाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू बनाएर लागू गरिएको छ ।
भी पुचः बिराटनगर, नेवा ः दे दबु मोरङ , बिराट नेवाः पुच , रानी नेवाः ले लाखे नाच पर्व लाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आरच संहित बनाएर लागू गरिएको हो ।

अघिल्लो वर्षहरुमा लाखे नाचको नाममा बिकृती देखा परेको जनगुनासोहरु बढेपछि यस वर्ष आचरसंहिता बनाएर लागू गरिएको झी पुच ः विराटनगरका अध्यक्ष हरी बहादुर श्रेष्ठले बताए । आचर संहित बनाएर अनुगमन समिति पनि रहेको उनले बताए । ‘लाखे नाच हिडाउँदा आचरसंहिता बनेको छ,’ उनले भने, ‘विगतमा जस्तो बजारहरुबाट अब गुनासो नआउनेगरी आचरसंहिता लागू गरिएको छ ।’ आचर संहिता बिपरीत काम गरेको भेटिए आवश्यक कारवाहीको लागि प्रशासनलाई जानकारी गराइने उनले बताए ।

लाखे नाच गराउदा घरधनि, व्यापारीबाट र प्रतिष्ठित संघ संस्थाहरुबाट श्रद्धाले दिएको आर्थिक सहयोग (भेटी ) राजी खुशि ग्रहण गर्नु पर्नेछ । जोरजबरजस्ति थप रकम माग्न नपाइने आचरसंहितामा उल्लेख छ ।

यस्तै विराटनगर भित्र रहेका सम्पुर्ण लाखे नाच नचाउने समुह वा संस्थाहरु झी पुचः र विराट नेवाः पुच र रानी नेवा दाय र नेवाः देय दबु मोरङ वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको अन्य नेवाःसंस्थामा अनिवार्य जानकारी सहित सुचिकृत गर्नु पर्नेछ। लाखे समुह वा संस्थाहरु आपनो परिचय खुल्ने गरी ब्यानर वा परिचय पत्र वा टिसर्ट लगाई प्रर्दन गरिनुपर्नेछ । यसैगरी आधिकारीक संस्थाको ब्यानर अनिवार्य प्रदर्शनी स्थलमा राख्नु पर्नेछ ।
बजार, सार्वजनिक स्थल र प्रदर्शनी स्थलमा सामाजिक वातावरणमा खलल पुग्ने गरि मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अप्लिल शब्द प्रयोग गर्न पाउने छैन, संवेदनशिल क्षेत्र बिद्यालय अस्पताल वा अन्य प्रतिष्ठानहरुमा सम्बन्धित संस्थाको अनुमति बाहेक प्रदर्शन नगर्ने, लाखे नाच राती १० बजे सम्म मात्र प्रर्दशनी गर्न गराउन पाइने छ ।

‘लाखे नाच नेवारहरुको पवित्र पर्व हो । यो एक निश्चित समय भित्र मात्र नचाइन्छ । अन्य महिना अन्य दिनमा कुनै पनि संघ सस्था वा स्थानिय निकायहरु र लाखे समुहहरुलाई लाखे नाच न नचाउन हार्दिक अनुरोधका साथ जानकारी गराईन्छ,’ जारी आरचसंहितामा उल्लेखछ ।

आचार संहिता लागू भए नभएको हेर्न अनुगमन समिती समेत गठन गरिएको छ । अनुगमन समितीको संयोजक झी पुचः विराटनगरका अध्यक्ष हरी बहादुर, सह सयोजकमा बिराट नेवाः पुच अध्यक्ष र सदस्यमा नेवा दे दबुः नगर समिती अध्यक्ष ,रानी नेवा ः समुदाय अध्यक्ष र सन्जु शाक्य रहेकी छिन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता हुँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

नवजात शिशु बेचेको घटनामा नर्ससहित थप चार जना पक्राउ

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु बेचेको घटनामा संलग्न थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका नर्स र पाँच लाखमा शिशु बेच्ने डाक्टर...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी विराटनगर महानपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषिणा गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको विशेष...

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थी दले कालोमोसो

विराटनगर, ३० पुस । विराटनगरको नोबेल र काठमाडौंको केएमसी मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीहरूले कालोमोसो दलेका छन् । केएमसी कलेजका विद्यार्थीहरूले कलेजका सञ्चालक शर्मालाई कालोमोसो दलेका हुन् । शुक्रबार केएमसीको शुल्क विवादबारे सिंहदरबारमा छलफल...

कांग्रेस महाधिवेशन प्रभावित, क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

कोरोना भाइरसको जोखिमका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएको छ।केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो । यसअघि नै पार्टीका ठूला सभा–सम्मेलन नगर्ने...

टी–१० क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा विराटनगर प्यान्थर्सको विजयी सुरूवात

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्