विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका संचालक सडकमा

 न्यूज विराट
विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका संचालक सडकमा

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन एन प्याब्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान ले असन्तुष्टि जनाउँदै आएका छन् ।

विधेयकले पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्नेलगायतका व्यवस्था गरेकामा ती संस्थाको आपत्ति रहेको छ ।

प्रदर्शनकारीले नियोजनमुखी विधेयक तत्काल खारेज हुनुपर्ने, शिक्षामा समान अवसर, अवसरमा समान पहुँच हुनुपर्ने, सामुदायिक शिक्षा सुधार्न र निजी शिक्षा नबिगार्न माग गरिएका लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

प्याब्सन केन्द्रीय कार्यसमितिद्वारा घोषित राष्ट्रव्यापी आन्दोलन क्रममा बिहीबार प्रदर्शन गरिएको हो ।

सम्बन्धित समाचार

राजीनामा माग्न हुन्न भन्नलाई मात्र बालुवाटार आएँ: वामदेव गौतम

काठमाडौं, १३ साउन-नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

हिमालय दर्शन कलेजका ५९ विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई...

फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग

एजेन्सी, १ असोज-अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको...

विराटनगरमा फागुन २२ गतेदेखि महिला क्रिकेट हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो “इक्युवालिटि कप क्रिकेट २०२४” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।...

अब कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६० प्रहरी खटिने

काठमाडौं, १ जेठ-दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब...

सिनेमा हल तथा जिम खाना माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २ माघ । सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म उक्त कार्य गर्न रोक लगाएको हो । 'सबै प्रकारका आमसभा, जुलुस,...

मोरङको जहदामा धारिलो हतियार प्रहार गरि महिलाको हत्या गर्ने पक्राउ

विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्