विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने विराटनगरकी ५२ वर्षीया इन्दिरा चापागाई पक्राउ परेपछि मेयर नागेश कोइरालाको सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ ।
सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी चापागाईंलार्ई प्रहरीले पक्राउ गरी अभद्र्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उनी पक्राउ परेसँगै अहिले सामाजिक संजालमा मेयरको चौतर्फी रुपमा विरोध सुरु भएको छ । चापागाइलाई तत्काल रिहाइ गरीनुपर्ने माग पनि राखेका छन् । काँग्रेसका युवा नेता सालिम अन्सारीले सामाजिक अभियान्ता चापागाई तत्काल रिहाइ नगर आन्दोलनमा उत्रिने चेतवनी समेत दिएका छन् । ‘जायज माग राखेर शान्तपुर्वक सघर्ष गर्नु मौलिक अधिकार हो । तर शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आएकी शुसासनकी अभियन्ता ईन्दिरा चापागाँईलाई विराटनगरका मेयरले आफुलाई दुर्व्यवहार गरेको आरोप लगाएर प्रहरी खोरमा थुनाएर सात दिन म्याद थप गरि अभद्र ब्यावहारको मुद्दा लगाउनु निर्धामाथि पहुँच र पावरवालाहरुको अत्याचारी व्यवहार नै हो । आईतवारसम्म शुशासन अभियन्ता चापागाईं रिहा गरिएन भने हामी सडक सँघर्षमा उत्रन्छौँ अन्सारी,’ समाजिक संजालमा लेखेका छन् ।
मेयर कोइरालालाई अभद्र व्यवहार गरेको भन्दै विराटनगर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो । महानगरको मेयरबाट उजुरी आएपछि विराटनगर ५ निवासी चापागाईंलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ ।
हेटौंडा, २२ जेठ-‘मिनरल वाटर’ मा लेदो भेटिएपछि हेटौंडास्थित ‘अमृत जल’ नामक पानी उद्योगमा सिल गरिएको छ । हेटौडा–९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगमा सिल गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय...
विराटनगर, २९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा...
सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...
सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार...
काठमाडौं, २६ साउन-भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल ट्विटरमा ट्विट लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आज गरिएको अस्पताल भिजिटका क्रममा...
अनलाइन न्यूज पोर्टलमा प्रकाशित भएको समाचार हटेको प्रकरणमा ‘काठमाडौं प्रेस डटकम’को साइट निर्माण कम्पनी सिरान टेक्नोलोजिज प्रा.लि.ले माफी मागेको छ । ‘११ वर्षअघि सिरान टेक्नोलोजिज प्रालि स्थापना भएपछि हामीले १०० भन्दा बढी न्यूजपोर्टलहरूको सीएमएस निर्माणदेखि...
विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...
काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...