प्रदेश १ बालविवाहमुक्त हुने

 न्यूज विराट
प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।

राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन सोमबार सार्वजनिक गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले सवैपक्षको सहभागितामा बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताए । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु सवैको सहभागिता आवस्यक रहेको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताए । उनले बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुखत भएको बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताइन् । सडक बालबालिकालाई उद्धार गर्ने काम भईरहेको राज्यमन्त्री गजमेरले बताइन् । उनले हाल सम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको जानकारी दिइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताए । उनले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताए ।

सम्बन्धित समाचार

कटहरी १ मा वडा कार्यालयको आफ्नै भवन बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ नं. वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण सुरू भएको छ ।७२ लाख २० हजार ३ सय ८६ रुपैया लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास भएको हो । कटहरी...

मापसे चेक गर्दा गाँजा बरामद, लखेटेर विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न गएको ट्राफिक प्रहरीले विराटनगरबाट १९ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट खटिएको ट्राफिक प्रहरीले बिहीबार राती विराटनगरको शनिमन्दिर चोकबाट गाँजासहित धनकुटा...

आज १६१४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १४ सय नाघ्यो

काठमाडौं, ११ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ६ सय १४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।  त्यस्तै, बिहीबार १ हजार ४ हजार...

उदयपुरमा क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

उदयपुर, १९ वैशाख-उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको १ युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका...

प्रदेश १ का स्थानीय तहमा सवैभन्दा धेरै भ्रष्टाचार

विराटनगर, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश स्तरको बार्षिक प्रतिवेदन प्रदेश १ का प्रदेश प्रमुखलाई बुझाएको छ । आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा अख्तियारको कार्यलय इटहरीले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई आर्थिक...

२४ घण्टामा देशभर थपिए ३३८ कोरोना संक्रमित

काठमाडौं, २६ साउन=पछिल्लो २४ घण्टाको अवधिमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वरले ३३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

आत्मारक्षाको लागि किशोरीलाई सेल्फ डिफेन्स तालिम

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन...

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्