अरनीको माविमा भर्ना भएका एक हजार बढी विद्यार्थीलाई अभिमुखिकरण
मङ्गलबार, ०९ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माविमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण र स्वागत गरेको छ । माविले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएसँगै स्वागत पनि गरेको हो ।
विज्ञान संकायमा ९२० र व्यवस्थापन संकायमा ८० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण सँगै स्वागत पनि गराएको अरनिको आवासीय माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजको नियम र कसरी अध्ययन गर्दा अब्बल नतिजा ल्याउन सकिन्छ त्यस विषयमा विद्यार्थीलाई अभिमुखिकरण गराएको थियो । कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । सोही अवसरमा कलेजले लिएको आन्तरीक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार पनि वितरण गरियो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख कोइरालाले प्रविधिसँगै सीप र संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकोले बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालयहरु अगाडी बढनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा उत्प्रेरक डा. तारा गिरी, विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, अरनी माविको संस्थापक लक्ष्मीप्रसाद अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डिल्ली पोखरेललगायतको उपस्थीति रहेको थियो । मोसफलको भएपनि पूर्वी नेपालको अब्बल माविको रुपमा अरनीको स्कुल स्थापित हुन सफल भएको छ । अरनीको माविले नतिजा पनि उत्कृष्ट पस्कदैं आएको छ । वि.सं. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदैं आएको अरनिको आवासीय सेकेण्डरी स्कुल आफ्नो लिगेसीलाई निरन्तर अब्बल नतिजामार्फत प्रमाणित गर्दै आएको छ । अरनिको आवासीय माविमा विज्ञान र व्यवस्थापन पढाइ हुन्छ । माविका प्रिन्सिपल कार्की शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै उत्कृष्ट नतिजाको कारक रहेको बताउँछन् । ‘शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै हाम्रो उत्कृष्ट नतिजाको कारक हो,’ प्रिन्सिपल कार्कीले भने ।
काठमाडौं, ३० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको...
विराटनगर, २२ भदौ-खुकुलो प्रावधानसहित मोरङमा थप ६ दिन निषेधज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । भदौ ५ गतेबाट यसअघि...
काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...
विराटनगर । विराटनगरमा विश्व मुटु दिवस मनाइएको छ । आइतबार विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विश्व मुटु दिवस मनाइएको हो । सो अवसरमा मानिसको महत्वपूर्ण शारीरिक अंग मुटुलाई...
नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले जानकारी दिइन् । भुसालका अनुसार दिउँसो १ बजे...
विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...
विराटनगर, १८ मंसिर–विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको आम्दानी गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको...