
पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । अपरान्ह ४ बजेलाई बोलाइएको बैठकमा प्रचण्डसहित सचिवालयका सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
बैठकमा ओली, महासचिव बिष्णु पौडेल, ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छैनन् । थापाले मंगलबार बिहान खुमलटार पुगेर पार्टीको पछिल्लो विवादबारे अध्यक्ष प्रचण्डसँग छलफल गरे पनि उनले बोलाएको बैठकमा सहभागी भएनन् ।