सप्तकोशीसहित करोडौं कर बुझाउन सिमेन्ट उद्योगको अटेर

 न्यूज विराट
सप्तकोशीसहित करोडौं कर बुझाउन सिमेन्ट उद्योगको अटेर

विराटनगर । कोशी प्रदेशका सिमेन्ट उद्योगहरुले प्रदेश सरकार र स्थानीय सरकारलाई कर तिर्न अटेरी गरेका छन् । प्रदेशमा २७ वटा सिमेन्ट उद्योग दर्ता रहेकोमा सञ्चालनमा रहेका १४ वटा सिमेन्ट उद्योगले दुई वर्षदेखि कर तिर्न इन्कार गरिरहेका छन् ।

प्रदेश सरकारले प्राकृतिक स्रोतको गलत परिभाषा गरी हचुवाको भरमा कर निर्धारण गरेको भन्दै उद्योगीहरुले कर तिर्न अटेर गरेका हुन् । प्रदेश आर्थिक ऐन २०७६ को दफा ८ सँग सम्बन्धित अनुसूची ५ को खण्ड ‘ख’ ले खानीजन्य वस्तुको उपयोग गरी सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्ने उद्योगबाट उत्पादित सिमेन्ट उद्योगभन्दा बाहिर पठाउँदा प्रतिबोरा १ रूपैयाँका दरले प्राकृतिक स्रोतबापत शुल्क लिने व्यवस्था गरेको थियो ।

ऐनको दफा ८ को उपदफा २ मा गाउँपालिका वा नगरपालिकाले सो रकम संकलन गरी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा दाखिल गर्नुपर्ने भनिएको छ । यसरी उठाइएको रकममध्येको ६० प्रतिशत स्थानीय तहको आन्तरिक आम्दानी हुन्छ ।
आर्थिक वर्ष २०७६÷७७ देखि प्रदेश सरकारले तोकेको कर उद्योगीहरुले नबुझाएको कारण करोडौं राजस्व गुमेको छ । १४ वटा सिमेन्ट उद्योगले वार्षिक कर तिर्न आलटाल गर्दा प्रदेश र स्थानीय तहले वार्षिक प्राप्त गर्ने १० करोड ८० लाख रुपैयाँ बराबर राजस्व उठ्न सकेको छैन ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो र अत्याधुनिक सिमेन्ट उद्योग भन्दै २०७५ असोजदेखि सञ्चालनमा आएको नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लि।ले प्रतिदिन २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरेको छ । ‘बन्धन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्ने सो उद्योगले कुनै कर तिरेको छैन । विराटनगरका व्यवसायी मनीष मारू र हरिवंश राठीको उद्योगले ओपिसी, पिपिसी र पिएससी गरी तीन प्रकारकै सिमेन्ट दैनिक २० हजार बोरा अर्थात् १ हजार मेट्रिक टन उत्पादन गर्छ । प्रदेश सरकारले निर्धारण गरेको कर अनुसार यो उद्योगले मासिक ६ लाखको दरले वर्षमा ७२ लाख बोरा सिमेन्ट उत्पादन गर्दा ७२ लाख रुपैयाँ कर सरकारलाई बुझाउनुपर्ने देखिन्छ । तर, उसले एक रुपैयाँ पनि कर तिरेको छैन ।

कर तिर्न आलटाल गर्ने अर्को उद्योग मोरङको कटहरी गाउँपालिकामा रहेको सप्तकोशी सिमेन्ट प्रा।लि।पनि हो । सुरेन्द्र गोयलले सञ्चालन गर्ने यो उद्योगले यसअघि ‘भब्या’ ब्राण्डमा सिमेन्ट उत्पादन गर्ने गरेको थियो । तोकिएको मात्राभन्दा धेरै भुष प्रयोग गरेको भन्दै विवाद र कार्वाहीमा परेपछि उद्योगले आफ्नो बद्नामी छोप्न ‘सप्तकोशी’ ब्राण्डमा उत्पादन थालेको हो ।

यो सिमेन्ट उद्योगलाई कटहरी गाउँपालिकाले पटक–पटक पत्राचार गर्दै कर तिर्न आग्रह गर्दा पनि तिरेको छैन । उसले उल्टै कानुनी उपचार जाने धम्की गाउँपालिकालाई दिँदै आएको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालयले २०७८ साल जेठ ३१ गते सिमेन्ट उद्योग भएका प्रदेशका पालिकाहरूलाई उद्योगहरूसँग कर लिन भन्दै पत्र लेखेको थियो । तर, कुनैपनि पालिकाले कर उठाउन सकेका छैनन् ।

आर्थिक ऐनका आधारमा सिमेन्ट उद्योगहरूसँग कर उठाउने व्यहोराको पत्र पाएपछि कटहरी गाउँपालिकाले मौखिक जानकारी गराउँदा कर नबुझाएको भन्दै २०७८ पुस १८ गते सप्तकोसी सिमेन्ट उद्योगलाई १५ दिनभित्रमा कर बुझाउन पत्र पठाएको थियो । ताकेतापछि पनि कर नबुझाएपछि पालिकाले माघ १० गते सोही व्यहोराको पत्र पुनः उद्योगलाई पठाएको थियो ।

सिमेन्ट उद्योगले माघ ९ गते आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पत्र लेख्दै पालिकाभित्रको खानीजन्य पदार्थको उपयोग नगरेकाले कर बुझाउन आवश्यक नरहेको जवाफ पठायो । २०७८ चैत ११ गते खानीजन्य पदार्थको उपयोग नगरेकाले कर बुझाउन आवश्यक नरहेको जिकिर सप्तकोशीले गरेको थियो । उसले कर तिर्न बाध्य पारे कानुनी उपचारको प्रक्रियामा जाने चेतावनी गाउँपालिकालाई दिएको थियो ।सप्तकोशीे सिमेन्ट उद्योगसँग कर उठाउन पटक–पटक प्रयास गरे पनि प्रदेश सरकारकै कारण नसकिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । उनले सिमेन्ट उद्योगीहरूको दबाब, प्रभाव र मिलेमतोका कारण मन्त्रालयले सिमेन्ट उद्योगीलाई कर नतिर्ने वातावरण सिर्जना गरेको आरोप लगाए ।

प्रदेश सरकारले तोकेको कर यी दुई उद्योगबाहेक अन्य उद्योगहरुले पनि तिरेका छैनन् । कर तिर्न आलटाल गर्नेहरुमा मोरङको तेज सिमेन्ट, अन्नपूर्ण सिमेन्ट, झापाको हिमालय सिमेन्ट, कञ्जनजंगा सिमेन्ट, मनषा सिमेन्ट, मित्तल सिमेन्ट, सनराइज सिमेन्ट, काबली सिमेन्ट र मेघा सिमेन्ट उद्योग छन् । यस्तै धनकुटाको निगाले सिमेन्ट, सुनसरीको जानकी सिमेन्ट इण्डष्ट्रिज प्रालिले पनि कर तिरेका छैनन् ।

सिमेन्ट उद्योगलाई लगाएको कर नउठेपछि प्रदेश सरकारले बक्यौता रकममा ५० प्रतिशतसम्म छुट दिने भएको छ । प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको चालु वर्षको बजेटमा सिमेन्ट उद्योगलाई २०८० पुस मसान्तसम्म पुरानो बक्यौता एकमुष्ठ बुझाएमा करमा ५० प्रतिशत छुट दिएर ब्याज र जरिवाना पुरै मिनाहा गर्ने उल्लेख छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय कोशी प्रदेशका लेखा नियन्त्रक दामोदर खत्रीले प्रदेशको सिमेन्ट उद्योगहरुबाट अहिलेसम्म कर नउठेको बताए । ‘पटक–पटक कर उठाउनको लागि स्थानीय तहलाई पत्राचार गरियो । तर, अहिलेसम्म कर उठेको छैन,’ उनले भने, ‘अब कर उठाउने भनेर पत्रचार गर्दैछौं ।’

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले ऐनले तोकेअनुसार कर लिने बताए । ‘बजेट बक्तव्यमा सिमेन्ट उद्योगहरुको लागि कर छुट भनिएको छ,’ उनले भने, ‘यस विषयमा उद्योगी व्यवसायीहरुसँग छलफल पनि भएको छ । छुट दिएपछि अब कर उठाउन लागि पर्नेछौं ।’ सिमेन्ट उद्योगहरूले कर तिर्ने विषयमा पुनः ताकेता गरिने उनले बताए ।

उद्योगीहरुले भने सरकारले आफूखुसी प्राकृतिक स्रोतको परिभाषा गरेको र खानीजन्य पदार्थ उपयोग नै नगरेको भन्दै कर नतिर्ने अडान कायमै राखेका छन् । ‘विदेशबाट कच्चा पदार्थ ९क्लिंकर० ल्याएर सिमेन्ट उत्पादन गर्ने उद्योगले यो कर तिर्नुपर्दैन’, नेपाल सिमेन्ट उत्पादक संघ कोशी प्रदेशका संयोजक राजेन्द्र राउतले भने ‘स्थानीय प्राकृतिक स्रोत प्रयोग गर्ने उद्योगसँग मात्रै प्रदेश र स्थानीय सरकारले यस्तो कर लिनसक्छ ।’

सम्बन्धित समाचार

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका...

जम्मु र काश्मिरमा ९३ जना आतंककारी मारिएको दाबी

एजेन्सी, जेठ २६-भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा पछिल्लो ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले सो क्षेत्रमा गएको६ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी...

सरकारविरुद्ध प्रतिपक्षी ३ पार्टी एक ठाउँमा

काठमाडौं, १५ वैशाख-प्रतिपक्षी ३ दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भइको निष्कर्ष निकालेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका...

विराटनगरमा थप १ हजार बेडको आइसोलेसन बनाइने

विराटनगर, भदौ १८-कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा...

सुष्मा कार्कीमाथि दुर्व्यवहार प्रकरण : सामाजिक सञ्जालमा माफी माग्ने सर्तमा मिलापत्र

आफूमाथि दुर्व्यवहार गरेको भन्दै आरती खड्का र उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गराएकी नायिका सुष्मा कार्कीले उनीहरूसँग मिलापत्र गरेकी छिन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दुवै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् । दुवै पक्षले अबदेखि यस्ता...

एकसाथ देखिँदै बलिउडका तीन खान

एजेन्सी, ४ मंसिर-बलिउडका स्टार तीन खानलाई एकसाथ चलचित्रमा देख्न पाइने भएको छ । आमिर खान स्टारर चलचित्र 'लाल सिंह चड्ढा'मा आमिरसँगै सलमान खान र शाहरुख खानलाई पनि देख्न पाइने भएको हो । भारतीय संचारमाध्यमका अनुसार...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

विराटनगर, ४ असोज–प्रदेश एक मा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरमा ५७, सुनसरीमा ११, झापामा चार, पाँचथरमा एक र प्रदेश एक बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाल दोस्रो

विराटनगर । अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडी दोस्रो भएको छ । भारतको हिमान्चल प्रदेशमा हालै सम्पन्न भएको अन्तराष्ट्रिय रोलर स्केट्स च्याम्पीयनसिपमा नेपाली खेलाडीहरुले ५ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेर द्धितीय भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्