१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

 न्यूज विराट
१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा १ सय ५६ जनाको कोरोनासम्बन्धी रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा २ जनामा कोरोना संक्रमण देखिएको छ । दुवैजना सप्तरी जिल्लाका रहेका छन् । विराटनगरको कोसी अस्पतालमा २५ जनाको नमुना पोजेटिभ देखिएका छन् । संक्रमित २५ जना नै झापाका रहेका छन् ।

त्यसैगरी, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी नवलपुरका हुन् । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ७७ जनाको पोजेटिभ आएको छ ।  ७७ मध्ये धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका २ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहा ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जना रहेका छन् ।

सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये बझाङका १ जना, सुर्खेतका १३ जना, १ जना बोल्न नसक्ने महिला, दैलेखका ८ जना रहेका छन् ।

प्रदेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा ३ जनामा कोरोना देखिएको छ । उनीहरू सबै स्याङ्जाका हुन्। । सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये १ जना दर्चुलाका र कैलालीका २ जना रहेका छन् । हेटौँडामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । उनी हेटौँडा निवासी हुन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । उनीहरूमध्ये बर्दियाका ३ जना र १ जना बाँकेका रहेका छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू सबै रौतहटका रहका छन् । योसँगै नेपालमा बिहीबार मात्रै १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको हो ।

बिहीबारसम्मको विवरणअनुसार १ सय ८७ जना निको भएर घर फर्किएका छन् । निको हुने १ सय ४४ पुरुष, ४३ जना महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुरका १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

बिहीबारसम्म ६० हजार ६ सय ९६ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १ लाख २ हजार ३४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा २ हजार ४ सय १९ नमुनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ हजार ७ सय ४७ जनाको परीक्षण गरिएको छ ।

बिहीबारसम्म ८६ हजार ५९ जना क्वारेन्टाइनमा रहेका छन् भने सम्भावित संक्रमित र संक्रमित गरी देशका विभिन्न ठाउँमा ८ सय ५० जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार

आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

काठमाडौं, १८ जेठ-आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । आज पुष्टि भएका संक्रमितमध्ये १ जना ६२ पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना...

कोशी अस्पतालमा चार महिनामै फेरीए सुपरिटेन्डेन्ट : चन्द्रभाल झा भए मेसु, रविराज सिंहलाई पुरानै जिम्मेवारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

कोरोना संक्रमणको डर हराउँदै गएकोमा स्वास्थ्य मन्त्रालयको चिन्ता

काठमाडौं, १५ असार-नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको...

आज एकै दिन १ सय २ जनाले जिते काेराेना, निकाे हुनेकाे संख्या ४ सय ६७

काठमाडाैं, २५ जेठ-नेपालमा आज एकै दिन १ सय २ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४ सय ६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको...

वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

विराटनगर, २९ वैशाख-प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-१६ का ३५ वर्षीय विष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार विहान समयमा घर छेउमै रहेको...

२ असईसहित ३ प्रहरी निलम्बित

काठमाडौं, १२ असार-प्रदेश २ प्रहरी कार्यालयले आचरणविपरीत काम गरेको भन्दै २ जना असईसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा रजवाडा दरबन्दी भई प्रहरीचौकी औरैयामा कार्यरत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्