सुष्मा कार्कीमाथि दुर्व्यवहार प्रकरण : सामाजिक सञ्जालमा माफी माग्ने सर्तमा मिलापत्र - News Birat

सुष्मा कार्कीमाथि दुर्व्यवहार प्रकरण : सामाजिक सञ्जालमा माफी माग्ने सर्तमा मिलापत्र

न्यूज विराट

आफूमाथि दुर्व्यवहार गरेको भन्दै आरती खड्का र उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गराएकी नायिका सुष्मा कार्कीले उनीहरूसँग मिलापत्र गरेकी छिन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दुवै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् । दुवै पक्षले अबदेखि यस्ता काम नगर्ने सहमतिसहित कागज गरेको प्रहरीले जनाएको छ ।

सुष्मालाई थप्पड हानेकी अभिनेत्री श्वेता खड्काकी बहिनी आरतीले माफी मागेको र तीनै जनाले घटनाको मिडियाबाजी नगर्ने र सामाजिक सञ्जालमार्फत माफी माग्ने सहमति गरेको प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles