विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।
विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा मंगगलबार भएको खेलमा राधाकृष्ण मावि, कर्मवीर मावि, सेन्ट जोसेफ स्कुल, शारदा मावि र बराहा राईजिङ्ग स्टार स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो खेलमा लर्डबुद्ध स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै राधाकृष्ण मावि विजयी भएको छ । प्रतियोगिताको पहिलो खेलमो म्यान अफ म्याच राधाकृष्ण माविको आयुष खड्का घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा कर्मवीर माविले जेभियर्स स्कुललाई २–० गोलले हराउँदै कर्मवीर मावि विजयी भएको छ । जितको लागि कर्मबीरका सरोज सरदार र काले सरदारले गोल गरे । दोस्रो खेलको म्यान अफ द म्याच कर्मवीरका सरोज सरदार घोषित भए ।
तेस्रो खेलमा गोग्राह स्कुललाई ३–१ गोलले निराश बनाउँदै सेन्ट जोसेफ स्कुल विजयी भएको छ । सेन्टजोसेफको तर्फबाट निसान सिटौला, संसाङक राई र आरब शर्माले गोल गरे । गोग्राहको तर्फबाट सान्तवना गोल सुशिल विश्वकर्माले फर्काए । म्या अफ द म्याच गोग्राहका सुशिल भए ।
चौथो खेलमा शारदा माविलले जनपथ स्कुललाई २–१ गोलले पराजित ग¥यो । जितको लागि शारदाको तर्फबाट विक्रान्त चौधरी र सुवास हिमालले गोल गरे । जनपथको तर्फबाट दृश्य राइले सान्तवना गोल फर्काए । चौथो खेलको म्यान अफ द म्याच शारदाका सम्राट भट्टराई भए ।
अन्तिम पाँचौ खेलमा बराहा राईजिङ स्टारले माटर्स मेमोरिय स्कुललाई ३–० गोलले निसार बनायो । जितको लागि बराहाको तर्फबाट कृष पौडेलले दुइ र दिपसन राईले १ गोल गरे । खेलको म्यान अफ द म्याच बराहाका प्रशान्त राई घोषित भए । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।
नेपालमा कोरोना भाइरसको संक्रमण थप २४६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालकका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना थप २४६ संक्रमितको मृत्यु भएको जानकारी दिए । योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको...
काठमाडौं, १८ साउन-विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका ७ दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा १ जनाले ज्यान गुमाएका हुन् । ...
एजेन्सी, १२ असोज-भारतमा कम्तीमा पनि ५० लाख कोरोना संक्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी...
जनकपुर, १८ जेठ-कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको कोषबाट प्रदेशका विभिन्न अस्पताललाई हालसम्म ८ करोड २३ लाख २५ हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र...
काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...
एजेन्सी, फागुन ८–जर्मनीको हानाउ सहरमा भएका दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । प्रहरीले मृतकको संख्या यकिन रुपमा पुष्टि नगरेपनि ६ जना घाइते भएको जनाइएको छ । राति करिब १० बजेतिर...
काठमाडौं, फागुन १९–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरूको सहमतिविना नै पार्टीका ७ केन्द्रीय सदस्यलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन् । सभापति देउवाले विभाग गठनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमति लिन खोजे पनि...
काठमाडाैं, ४ वैशाख-दुबईमा धेरै नेपालीलाई राेजगारदाता कम्पनीले बेतलबी बिदामा बस्न बाध्य पारेकाे पाइएकाे छ । त्यहाँबाट नेपाल फर्किन चाहेका नेपालीमध्ये ७६ प्रतिशत बेरोजगार पाइएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश फर्किन चाहनेहरूको तथ्याङ्क थाहा...