राशिफल

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

 न्यूज विराट
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो ।

करिब आठ महिना मोरङमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा कोइराला विवादरहित प्रहरी अधिकृतको छवि बनाउन सफल भए । उनको नेतृत्वमा भएका सबै अनुसन्धानमा मोरङ प्रहरीले सफलता हात पार्न सक्यो । मोरङमा रहँदा जघन्य प्रकृतिका अपराधको अनुसन्धान, हतियार एवं लागुऔषध कारोबार, मानव बेचबिखन, चोरी–तस्करी र विभिन्न खालका अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सफल एसपीका रूपमा कोइरालाले छुट्टै पहिचान बनाउन सके ।

उत्कृष्ट कार्यक्षमताकै कारण प्रहरीमा इच्छाशक्ति हुँदा समाजमा हुने जुनसुकै अपराधलाई पनि कानुनको दायरामा ल्याउन सकिन्छभन्ने छाप छोड्न उनी सफल भएका छन् । काम कारबाहीका शिलशिलामा कुनै पनि लोभलालचमा नपरि र राजनैतिक दबाबको प्रवाह नगरिकन कानुन कार्यान्वयनलाई ध्यान दिएर अपराध एवं अवैध गतिविधीमा सम्झौता नगर्ने स्वभाव कोइरालालाई सफल बनाउने मुख्य कडी हो ।

आइपरेका जुनसुकै समस्यालाई पनि सहज ढङ्गबाट समाधान गर्ने बाटो पहिल्याउनसक्ने क्षमताका एसपी कोइरालाले समाजलाई अपराधरहित बनाउन प्रहरीको भूमिका महत्वपूणर् हुन्छभन्ने मान्यता स्थापित गराएका छन् । उनको कार्यकालमा प्रहरी र नागरिकबीचको सम्बन्ध सुधारले पनि उचाई प्राप्त गर्न सक्यो ।

प्रहरी प्रधान कार्यालयले बिहीबार एकैपटक ५३ एसपीको सरुवाभित्र कोइराला पनि परेका हुन् । कोइराला गत चैत १४ गते काज सरुवा भएपछि मोरङ आएका थिए ।

मोरङ प्रहरी प्रमुख भएर एसपी दिपक पोखरेल आउने भएका छन् । पोखरेल १ नं। प्रदेश प्रहरी गण विराटनगरको प्रमुख रहेका थिए । डिएसपी रहदा पोखरेल मोरङ बसेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठको पनि काज सरुवा भएको छ । उनको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु सरुवा भएको हो । पहाडी जिल्लाको प्रमुख डिएसपीको दरबन्दीरहेको छ । श्रेष्ठ खोलुखुम्बुको प्रमुख भएर जाने भएका हुन् । उनी मोरङ प्रहरीमा झण्डै १८ महिना बसेका थिए । प्रवक्ताका रूपमा श्रेष्ठको कार्यकाल मोरङमा सफल भएको मानिन्छ ।

वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को डिएसपी दिपेन्द्र पन्जियारको पनि काज सरुवा भएको छ । उनको नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय विप्द अभिलेख तथा विश्लेषण शाखा सामाखुशी, काठमाण्डौं सरुवा भएको हो । उनको ठाउँमा डिएसपी विजय श्रेष्ठ आउने भएका छन् । श्रेष्ठ प्रहरी निरीक्षक रहदा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख रहेका थिए । प्रहरी निरीक्षक रहदा मोरङ ट्राफिक प्रमुख भएपछि इलाका प्रहरी कार्यालय पथरीमा पनि बसेका थिए ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...