तेली समाजको महिला कमिटि मोरङमा गठन, अध्यक्षमा अम्बिका साह
शनिबार, ३० असार, २०८०,
न्यूज विराट
विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहलाई अध्यक्षमा चयन गरिएको हो ।
साहको अध्यक्षतामा १५ सदस्यिय समिति गठन भएको छ । समितिको सदस्य सचिवमा विराटनगर १० की सुनिता साह रहेका छन् । समितिमा १३ जना सदस्य रहेका छन् । समितिमा सरिता साह, नलिनि साह, आरती साह, रिता साह, सीता साह र कोमल साह रहेकी छिन् । अन्य सदस्यहरुमा ईन्दु साह, लक्ष्मी साह, बदामिया साह, बबी साह, हेमलता साह, सुनिता साह र सुनिता साह रहेकी छिन् ।
समितिमा सल्लाहकारहरुमा अधिवक्ता सञ्जु साह, निर्मला साह र सोमनी कुमारी साहलाई चयन गरिएको छ । यस तदर्थ महिला समितिले जिल्ला भरिका सजातीय महिलाहरुको भेला गराएर पुर्ण समिति बनाउने छ ।
कार्यक्रममा बोल्दै अधिवक्ता सञ्जु साह र तेली समाजका मोरङका जिल्ला अध्यक्ष डाक्टर बालकृष्ण साहले तेली समाजको जातिय पहिचान र भाषा–संस्कृति संरक्षण र उत्थानगर्न नवगठित कार्यसमितिले महत्वपुर्ण भु्मिका खेल्ने विश्वास ब्यक्त गरे ।
सोही अवसरमा तेली समाजको विराटनगरमा चार वटा वडामा समिति गठन गरेको छ । शनिवार तेली कल्याण समाज नेपालले विराटनगर वडा ४ मा भएको भेलाले दिलिप साहको अध्यक्षतामा नयाँ कार्य समितिहरु चयन गरेको छ ।
त्यसैगरि विराटनगर १५ र १६ को संयुक्त भेलाले अजयकुमार साहको अध्यक्षतामा १८ जनाको समिति गठन भएको छ । यसैगरी विराटनगर १८ मा कन्हैया लालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । तेली समाजको विराटनगरमा अब पाँच वटा वडामा समिति गठन हुन बाकी रहेको अध्यक्ष साहले बताए ।
काठमाडौं, १८ पुस-राष्ट्रियसभाको आजको बैठकमा सरकारले जारी गरेका विभिन्न सातवटा अध्यादेश पेस भएका छन् । राष्ट्रियसभाको बैठकमा पेस भएका अध्यादेशमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेका छन् ।...
काठमाडौं, फागुन ३–प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव ठानिएका कामलाई समेत सम्भव बनाएर सरकारले काम गरेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले असाधरण काम गरेको दाबी गरेका हुन् । सरकारले...
विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित...
विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...
रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको...
बुटवल, १ वैशाख-भारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला सिमाबाट हुन सक्ने लुकिछिपी आवतजावतलाई कम गर्न उच्च निगरानी राखिएको...
काठमाडौं, २४ माघ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट राजीनामा दिएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् । थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार...
राजविराज, ४ भदौ-सप्तरीमा बिहीबारसम्म ४ सय बढी कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म ४८१ जना संक्रमित निको भएर घर फर्किएका हुन् । सप्तरीको १८ वटै स्थानीय तहमा...