१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

 न्यूज विराट
१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका ५० वर्षीय ढकाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि ढकाल पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो । उनीमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । बालक विराटनगर महानगरपालिका–१२ मा अभिभावकसँग बस्दै आएका छन् ।

पीडित परिवारले किटानी जाहेरी दिएपछि गत भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि अनुसन्धान अघि बढाएको थियो । ढकाल एजुकेसन हेल्पलाइन मोरङका अध्यक्ष पनि हुन् ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College