विराटनगरको मेरील्याण्ड कलेजमा विद्यार्थीको भिड, एक हजार बढी विद्यार्थीले दिए परीक्षा

 न्यूज विराट
विराटनगरको मेरील्याण्ड कलेजमा विद्यार्थीको भिड, एक हजार बढी विद्यार्थीले दिए परीक्षा

विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाको लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको छ । व्यवस्थापन संकाय मात्र पढाइ हुने मरील्याण्ड कलेजमा आज लिएको प्रवेश परीक्षामा विद्यार्थीको भिड लागेको हो ।

कलेजमा भर्ना हुन लागी लिएको प्रवेश परीक्षामा १ हजार ५७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

उत्कृष्ट नतिजा सँगै गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड विद्यार्थी र अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको यो कलेज विराटनगर – ७ रंगेली रोडमा अवस्थित छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारणले देशभरीको उत्कृष्ट सूचीमा परेको मेरील्याण्ड कलेजका प्रिन्सपल लक्ष्मण ढकालले जानकारी दिए ।

२०५९ सालमा स्थापित मेरिल्याण्ड व्यवस्थापन शिक्षामा एक अब्बल शैक्षिक संस्था बनेको प्रमाण एक से एक छन् । स्थापनाकाल देखिनै सधै टप टेनमा पर्न सफल मेरिल्याण्ड पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको छ । व्यवस्थापन संकाय मात्र पढाई हुने मेरिल्याण्डमा प्लस टु, बिबिएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातावरणमा पढाइ हुने गरेको छ ।

२०७८ सालमा कक्षा –१२ को परीक्षामा छात्रा दिया अग्रवालले नेपालमै सर्बाधिक ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट हुन सफल भइन् । यसरी उत्कृष्ट नतिजा आएको कारणले मेरिल्याण्ड व्यवस्थापन शिक्षामा अब्बल सावित भएर नम्बर वान कलेज भएको प्रमाणित भएको छ । त्यस्तै बिबिएसतर्फ सिम्रन अग्रवालले तेश्रो र चौथो बर्षको त्रिभूवन विश्वविद्यालयले लिएको परीक्षामा उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम भएकी थिइन् । त्यस्तै यसै वर्षको सिए आइकन द्वारा लिएकोे अन्तिम परीक्षामा मेरिल्याण्ड सिए एकेडमीकी छात्रा शालु अग्रवाल बोर्ड प्रथम भएकी छिन् । यसबाट पनि के प्रमाणित हुन्छ भने मेरिल्याण्ड मुलुकको उत्कृष्टमध्येको एक कलेज त हो नै, यसले विराटनगरलाई शैक्षिक हब बनाउन ठूलो योगदान पु¥याएको छ ।

व्यवस्थापन शिक्षाका लागि नम्बर एक कलेजको सूचीमा पर्दै आएको मेरील्याण्ड कलेज देशभरीको उत्कृष्ट २० कलेज भित्र पर्न सफल भएको छ । केही दिन अगाडी केन्द्रविन्दु अनलाइनले देशभरीको प्लस टुको नतिजा, शैक्षिक गुणस्तर, व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानीलाई छनौटको मापदण्ड बनाएर गरेको सर्वेक्षण अनुसार विराटनगरको मेरील्याण्ड देशभरीको ८ औं स्थानमा पर्न सफल भएको हो । उपत्यका बाहिर अर्थात मोफसलका शैक्षिक संस्थामध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्न मेरील्याण्ड सफल भएको छ ।

सम्बन्धित समाचार

तयार भयो नेपालको नयाँ नक्सा, मन्त्री परिषदमा पेश हुँदै

काठमाडौं, जेठ ४-भूमि व्यवस्था मन्त्रालयले नेपालको नयाँ नक्सा तयार पारेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । मन्त्रालयले तयार पारेका...

कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने : मन्त्री उप्रेती

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङको विराटनगरमा मंगलबार भएको १६...

विराटनगरका १९ सहकारीको कार्यालय झोलामा, १० सहकारी कारवाहीमा

विराटनगर । विराटनगर महानगरपालिका भित्रका १० सहकारी कारवाहीमा परेको छ । गैह्र कार्यक्षेत्रमा लगानी गर्ने र सहकारी ऐनअनुसार काम कारबाही नगरेको अनुगमनको क्रममा १० वटा सहकारी भेटिएपछि कारबाहीको दायरामा ल्याएको विराटनगर महानगरपालिकाको सहकारी शाखाकी अधिकृत...

सरस्वती स्कुलमा चार वटा अक्षयकोष, रकम बढाएर ३ लाख १३ हजार पुगो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा रकम बढाएर लगिएको छ । स्थापना गरिएको अक्षयकोषमा दाताहरूले रकम थप गरेर बढाएका हुन् । स्कुलमा चार वटा अक्षय कोष रहेको...

प्रदेश १ मा शंकास्पद १० हजार बढीको परीक्षण गर्ने तयारी

विराटनगर, जेठ १–प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान...

२४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज

काठमाडौं, २० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको...

एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री

काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्