एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री - News Birat

एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री

न्यूज विराट

काठमाडौं, २७-अर्थन्त्री डा . युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गतको रकम विशुद्ध सहयोग मात्रै भएको बताएका छन् । सत्तारुढदल भित्र निरन्तर जटिल बन्दै गएको एमसीसी मुद्दाका विषमा मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

उनले एमसीसी सम्झौता कसले गर्‍यो भनेर खोज्नु पर्ने आबश्यकता नभएको र यो सम्झौता नेपाल सरकार अर्थमन्त्रालयबाट भएको बताए । सम्झौताका केही विषय प्रष्ट्याउन  वा सहायक सम्झौताहरु संशोधन गर्न सकिए पनिअन्तर्राष्टियस्तरबाट आएको सहयोग लिन नहुने भन्‍ने नभएको प्रतिक्रिया दिए ।

अर्थमन्त्रीले यो परियोजना अन्तर्गतको बजेट विद्युत र सडक पूर्वाधारमा लगानी गर्ने भनेर ३ वर्षदेखि काम भइरहेको जानकारी गराएका छन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा  एमसीसी अन्तर्गतको रकम र  परियोजना समावेश गरिएपछि नेकपा भित्र फेरि विवाद देखिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles