विराटनगरका १९ सहकारीको कार्यालय झोलामा, १० सहकारी कारवाहीमा

 न्यूज विराट
विराटनगरका १९ सहकारीको कार्यालय झोलामा, १० सहकारी कारवाहीमा

विराटनगर । विराटनगर महानगरपालिका भित्रका १० सहकारी कारवाहीमा परेको छ । गैह्र कार्यक्षेत्रमा लगानी गर्ने र सहकारी ऐनअनुसार काम कारबाही नगरेको अनुगमनको क्रममा १० वटा सहकारी भेटिएपछि कारबाहीको दायरामा ल्याएको विराटनगर महानगरपालिकाको सहकारी शाखाकी अधिकृत पृथ्वीकुमारी बस्नेतले जानकारी दिइन् ।

विराटनगरभित्र १ सय ९३ सहकारी स्वीकृति लिएर सञ्चालनमा रहेको छ । सहकारी शाखाकी अधिकृत बस्नेतको नेतृत्वमा आर्थिक वर्ष २०७८–०७९ मा ७७ वटा सहकारी अनुगमन गर्दा १० वटा सहकारीले सहकारी ऐनअनुसार सञ्चालन नगरेको पाइएपछि कारबाही गर्ने निर्णय गरेको हो ।

कारबाहीमा पर्ने सहकारीहरूमा विराटनगर–१ पोखरीयामा रहेको अनमोल बचत तथा ऋण सहकारी, विराटनगर–७ हस्पिटल चौकमा रहेको सुमेरु बचत तथा ऋण सहकारी, विराटनगर–११ को मानुषी बचत तथा ऋण सहकारी संस्था, विराटनगर–९ मा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेको हो ।

यस्तै विराटनगर–११ महेन्द्रचौकस्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी, विराटनगर–९ घोघापुल चौकमा रहेको नारायण बचत तथा ऋण सहकारी संस्था, विराटनगर–२ मा रहेको युनिक सहकारी संस्था, विराटनगर–८ मा रहेको स्वागतम् बचत तथा ऋण सहकारी संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ ।

कारबाहीमा पर्ने सहकारीमध्ये अनमोलले गैह्र कार्यक्षेत्रमा कारोबार गरेको कसुरमा कारबाहीको दायरामा आएको हो । अनमोलले सहकारी ऐनको मूल्य मान्यताको धज्जी उडाउँदै कीर्ते गरेर कार्यक्षेत्र परिवर्तन गरी नियमनकारी निकायलाई पनि बेवास्ता गर्दै पूर्व स्वीकृत विना गैह्र कार्यक्षेत्रमा कारोबार गरेको अनुगमनको क्रममा पाइएपछि ५३ हजार रुपैयाँ जरिबाना गरेको छ ।

अनमोललाई १ लाख रुपैयाँ जरिबाना तोकिएको थियो । १ लाख रूपैयाँ जरिबाना तिर्न नसक्ने भनेपछि गत वैशाख १३ गतेको महानगरको निर्णयले ५३ हजार रुपैयाँ अनमोललाई जरिबाना गराएको छ । महानगरपालिकाले जरिबाना रकम घटाएर ५३ हजार तोकेको चार महिना बितिसक्दा पनि अनमोलले तिर्न ढिलासुस्ती गरेको छ । कारबाहीको पत्र पनि नबुझी अनमोल सहकारी बसेको छ ।

यस्तै बचतकर्ताको निपेक्ष रकम नदिई बसेको विराटनगरको सिद्धार्थ सहकारीले गैह्र सदस्यसँग कारोबार गरेको पाइएको छ । सिद्धार्थले साधारणसभा नगरी महानगरपालिकामा लेखा परीक्षण प्रतिवेदन नबुझाएको, सेवा शुल्क तोकिएभन्दा बढी लिएको र गैह्र सदस्यसँग कारोबार गरेको अनुगमनको क्रममा भेटिएको सहकारी शाखाकी अधिकृत बस्नेतले जानकारी दिइन् । ‘सिद्धार्थ सहकारीले सहकारीको मूल्य मान्यताभन्दा माथि उठेर गैह्र कानूनी ढङ्गले काम गरेको पाइयो’ उनले भनिन्, ‘एक ठाउँमा स्वीकृति लिएर सञ्चालन गरेको सहकारीले सेवा केन्द्र भन्दै अन्यत्र जिल्लामा गएर सञ्चालन गर्न पाइँदैन । तर, सिद्धार्थले नवलपरासीमा गएर सेवा केन्द्र खोलेको पाइयो ।’

यसरी सहकारी ऐनअनुसार काम कारबाही नगरेको पाइएपछि अनमोल सहकारीलाई ९ हजार रुपैयाँ जरिबाना लिने निर्णय गरेको छ । यो सहकारीले विराटनगरका दुई दर्जन बचतकर्ताको निपेक्ष रकम दिन आलटाल गरिरहेको छ । यो सहकारीमा दर्जनौं बचतकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ । अहिले सहकारी बन्द गरी अध्यक्ष अनिल गौतमसहितका सञ्चालकहरू सम्पर्कविहीन बनेका छन् ।

कारबाहीमा परेकामध्ये नारायण, आगमन, मानुषी र दैनिक बचत तथा ऋण सहकारी संस्थाले महानगरपालिकाले तोकेको जरिबाना रकम तिरेका छन् । ६ वटा सहकारीले जरिबाना तोकेको रकम तिर्न अटेरी गरेर बसेका छन् ।

अनुगमनको क्रममा दर्ता स्वीकृति लिएकामध्ये १९ वटा सहकारीको कार्यालय नभेटिएको र ती कार्यालयहरू अहिलेसम्म महानगरपालिकाको सम्पर्कमा पनि नआएको शाखा अधिकृत बस्नेतले बताइन् । यसरी सम्पर्कमा नआएका सहकारीहरूमा सक्रिय, परिचय, सगुन, पुष्पाञ्जली, विराट उपभोक्ता, सहयोगी, भीजन, उत्यम ओमसाई, सबल, बहुमूल्य कृषि, प्रभावकारी, इच्छा, नेशनल, बाटिका र उपकार बचत तथा ऋण सहकारी रहेका छन् ।

‘यी सहकारीहरूको लिस्ट बोकेर विराटनगर फन्को लगाइसकियो अहिलेसम्म कार्यालय र उनीहरूसँग सम्पर्क हुन सकेको छैन’ सहकारी शाखाकी अधिकृत बस्नेतलले भनिन्, ‘अहिलेसम्म यी सहकारीहरूले लेखा परीक्षण प्रतिवेदन पनि बुझाएका छैनन् । यी सहकारीको अवस्थाबारेमा पनि अनभिज्ञ रहेका छौं ।’

आर्थिक वर्षको पुस मसान्तसम्ममा सहकारीले साधारणसभा सम्पन्न गरेर लेखापरीक्षण गरेको प्रतिवेदन महानगरपालिकाको सहकारी शाखामा बुझाइसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, यहाँ दर्ता भएका आधा सहकारीले लेखापरीक्षण प्रतिवेदन नबुझाउने गरेको पाइएको छ । लेखापरीक्षण प्रतिवेदनबाट सहकारीको अवस्था के रहेको छ भन्नेबारेमा जानकारी हुने गर्दछ ।

आर्थिक वर्ष २०७८÷०७९ मा ८९ वटा सहकारीले मात्र लेखा प्रतिवेदन परीक्षण रिपोर्ट बुझाएका छन् । महानगरपालिकाको सम्पर्कमा नरहेको सहकारीको कार्यालय झोलामा राखेर चलाएको बुझिएको छ । यस्ता सहकारीमा बचतकर्ताको निक्षेप जोखिममा पर्ने खतरा हुने गरेको छ ।

सम्बन्धित समाचार

अभिभावकको रोजाइमा किड्स भिलेज स्कुल

विराटनगर । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी...

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

प्रदेश १ को मन्त्रिपरिषद् बैठक, परिणाममुखी काम गर्न निर्देशन

प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशका मन्त्रीहरूलाई साझा न्यूनतम कार्यमा दत्तचित्त भएर परिणाममुखी काम गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आइतबार बसेको बैठकले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न र जोखिम न्यूनीकरण गर्न...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं,  ९ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यताअनुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् ।  बडादसैंका अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी...

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण- मंसिरसम्म १ लाख ९३ हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा भदौदेखि क्रमश: कोरोना संक्रमित घट्दै गए पनि मंसिरसम्म १ लाख ९३...

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएर मरेको अवस्थामा ती मृग फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये १...

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्