लायन्स हेल्थ प्रोफेसनलको सप्ताहव्यापी कार्यक्रम सकियो, हप्ताभरी सामाजिक काम
शनिबार, २३ असार, २०८०,
न्यूज विराट
विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनले सप्ताहव्यापी कार्यक्रम सकिएको छ । जुलाई १ देखि ७ गतेसम्म विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गरी लायन्स हेल्थ प्रोफेसनलले सप्ताहव्यापी कार्यक्रम गरेको हो ।
डा. सुनिल रेग्मीले आफ्नो कार्यकालमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको थियो । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जुलाई १ गते विहान ६ बजे नि ः शुल्क मधुमेह तथा उच्च रक्तचाप परिक्षणको कार्यक्रम भएको थियो । निःशुल्क मधेमेह तथा उच्च रक्तचाप परीक्षणमा उल्लेखिनय उपस्थीति रह्यो । डाक्टर रेग्मीले दोस्रो दिन क्यान्सर सचेतना, तेस्रो दिन आमाको माया छात्रवाशमा फलफूल तथा स्टेशनी वितरण गरिएको उनले बताए । यस्तै चौथो दिन ट्राफिक सचेतना, पाँचौं दिन गोदावरी स्कुलका विद्यार्थीहरुको आँखा परीक्षण , छैठौं दिन नेपाल टेलिकमको प्रागङमा बृक्षारोपण र अन्तिम सातौ दिनमा रक्तदान कार्यक्रम गरेको डाक्टर रेग्मीले जानकारी दिए ।
ईडेनबर्ग कलेजमा भएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको थियो । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलका संस्थापक सदस्य मात्र नभई एउटा महत्त्वपूर्ण पिलरका रुपमा रहेका डा. सुनिलले लायन्स क्लब मार्फत सामाजिक काममा सक्रिय रहेका छन् । उनको कार्यकालमा समाजले विभिन्न सेवामूलक कार्यक्रम हुनेमा आफू विश्वस्त रहेका क्लवका संस्थापक अध्यक्ष डा बालकृष्ण साहले बताए ।
५ बर्ष अगाडि जुलाई १२ मा स्थापना भएको लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनले विराटनगरमा समाजिक कार्यहरुमा सक्रिय रुपमा लागि परेको छ । क्लवका सम्पुर्ण सदस्यहरु कुनै न कुनै स्वास्थका विधामा आवद्ध रहेकाले क्लवले स्वास्थका कार्यक्रमहरु बढि गर्ने गरेका छन् ।
एजेन्सी, जेठ १५-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् । ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् । उनले सामाजिक...
काठमाडौं, फागुन ३–प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव ठानिएका कामलाई समेत सम्भव बनाएर सरकारले काम गरेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले असाधरण काम गरेको दाबी गरेका हुन् । सरकारले...
दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका...
विराटनगर । विराटगर– स्थित एभरेष्ट स्कुलको वार्षिक स्पोर्ट्स मिट आजदेखि सुरु भएको छ । एभरेष्ट कलेजको खेल मैदानमा आज मन्टेश्वरी तर्फका कक्षा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विभिन्न प्रतियोगिता गराइएको हो । २१ गतेदेखि गर्ने...
विराटनगर, चैत ९–अगुगमन टोलीले विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्समा कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा मास्क र सेनिटाइजर बरामद गरेकोे छ । अनुगम टोलीले आइतबार छापा मारेर लुकाएर राखिएको ११ हजार थान बढि सर्जिकल...
काठमाडौं, १० जेठ-कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्माखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण पालना...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ ९एनसीडिए० मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिर २० गते हुने संघको संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्...
विराटनगर, १२ पुस । विराटनगरमा बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ का २१...