विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका हुन् ।
तीन जना विद्यार्थीले चार जिपीए ल्याएर नेपाल प्रथम भएको बिकेभीएम स्कुलले दाबी गरेको छ । ‘चार जिपीए ल्याउने देशभरीको बिकेभीएम स्कुल पहिलो भएको अहिलेसम्म हामीले जानकारी पाएका छौं,’ बिकेभिए स्कुलका प्रशासन प्रमुख रामहरी देवकोटाले भने, ‘उत्कृष्ट नतिजाको आधारमा हामीले नेपाल प्रथम भएको दावी गरिएको हो ।’
बिकेभीएमबाट २५७ जना विद्यार्थीले एसइइको परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये ९९ जना विद्यार्थीले ३.६५ जीपीए भन्दा माथि ल्याएको उनले बताए । १११ जना विद्यार्थीले ३.२५ जीपीए, ४१ जनाले २.८५ जीपीए, ५ जनाले २.४५ जीपीए र १ जनाले २ जीपीए ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।