चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण

 न्यूज विराट
चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण

एजेन्सी, १७ मंसिर-अन्तरिक्ष अभियानमा सफलता हात पार्दै गएको चीनले अर्को यानलाई सफलतापूर्वक अवतरण गराएको छ । चीनको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गएराति सो यान चन्द्रमाको सतहमा अवतरण गराउन सफल भएको हो ।

चीनको यो यानको मिसन त्यहाँबाट चट्टान तथा धूलो संकलन गरी पृथ्वीमा फर्किनु हो । अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन गर्दै चट्टान र धूलो संकलन गरेर बिताउनेछ । ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रडारजस्ता यन्त्र जडित छ ।

उसले भुइँबाट ढुङ्गा वा धूलो उठाएर करिब दुई किलो सामान चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ । जसले त्यसलाई पृथ्वीमा फर्काउनेछ ।

यो यान फर्कन सफल भएमा सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान हुनेछ ।४४ वर्ष अगाडि सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वीमा ल्याएको थियो । यसै महिनाको अन्त्यतिर सो यान भित्री मंगोलिया क्षेत्रको घाँसे मैदानमा उत्रनेछ । अमेरिकी अन्तरिक्ष निकाय नासाले समेत चीनलाई बधाइ दिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना...

कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै

काठमाडौं, ३० जेठ-कान्ति बाल अस्पतालले ओपीडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका...

प्रचण्डको प्रस्ताव कुण्ठा र स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो : ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टीकाे विधानविपरित रहेको बताएका छन् । आजको सचिवालयमा प्रचण्डको आरोपको लिखित जवाफ दिँदै ओलीले...

भारतले दिएको कोरोराविरुद्धको १० लाख खोप नेपाल आइपुग्यो

विराटनगर, ८ माघ । कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्धको १० लाख डोज खोप आज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो । नेपालका लागि भारतिय...

छाङ्गरुमा बीओपी राख्न सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो

दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...

ग्यास बिक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह

विराटनगर, २३ माघ । ग्याँस विक्रेता संघ मोरङमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा...

रौतहटमा हावाहुरी र असिना

जनकपुर, ६ वैशाख-गएराति आएको हावाहुरी र असिनाबाट रौतहटमा करोडौंको क्षति पुगेको छ । बर्षासँगै आएको असिनापानीले तरकारी, फलफूल तथा हिउँदे बालीमा करोडौंको क्षति पुगेको हो । हावाहुरी र असिनाले जिल्लाको चन्द्रपुर नगरपालिकाको सिन्दुरेघारी, नजरपुर, सन्तपुर,...

एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ । विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्