साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

 न्यूज विराट
साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु फरार भएका छन् ।
डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि उनी फरार भएका हुन् ।

लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मुल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अन्यमितता गरेको आरोपमा डिभिजन वन कार्यालय मोरङले १४ असारमा उनीविद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बु फरार भएका हुन् ।

फरार भएका लिम्बुलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्रचार गरेको छ । तर, प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न चासो देखाएको छैन । डिभिजन वन कार्यालयले सूचना चुहवाट गराएर भगाएको भन्दै प्रहरीले लिम्बुलाई खोजविन गरी पक्राउको लागि चासो देखाएको पाइदैन ।
डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले सामुदायिक वनको काठ अन्यमितता गर्ने लिम्बुकोे खोजी कार्य तिव्र बनाएको बताए । ‘पक्राउ पुर्जी जारी भएपछि हामीले पक्राउ गर्न प्रहरीलाई पनि पत्रचार गरेका छौं,’ उनले भने, ‘अहिले खोजीकार्य तिव्र बनाएको छ ।’
डिभिजन वनले लिम्बुलाई सामुदायिक वनको काठ अन्यमित तरिकाले विक्री वितरण गरी आर्थिक हिनामिना गरेको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । डिभिजन वन कार्यालय मोरङले बनाएको छानविन समितिको प्रतिवेदन अनुसार लिम्बुले सामुदायिक वन भित्रको घाटगद्धीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफुखुसी विक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अन्यमिमता गरेको पाइएको हो ।

अन्यमिमताको आरोप लागेको लिम्बु नेपाली काँग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका छन् । २०७९ साउनमा अध्यक्ष लिम्बुले वनको घाट गद्धीमा रहेको काठ आफुखुसी उपभोक्ताहरुलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यन्त्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
लिम्बुले प्रतिक्युफिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको बुझिएको छ ।

अध्यक्ष लिम्बुले अन्ययमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउदीन मियाको नेतृत्वको समितिले छानविन गरेको थियो । छानविनको क्रममा अध्यक्ष लिम्बुले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अन्ययमितताल गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
३ वर्षको कार्यकाल भएपनि लिम्बुले आफनो कार्यकालको म्यद सकिएको एक वर्ष पछाडी मात्रै साधारणसभा गराएरका थिए । ४ वर्षमा ९ सय ८७ क्यूफिट लकडी बिक्री भएको देखिएको वन अधिकृत अलाउद्धीनले बताए । उनका अनुसार सखुवा (साल)४२७ क्युफिट, ३ सय क्युटिफुट बोटध्यमरो र अन्य प्रजातिको २६० क्युफिट काठ बिक्री गरेका थिए ।
छानविन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेश मिश्रालाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ । उनले अनुसन्धान गर्दै आएका छन् । अनुसन्धानपछि अभियोग लैजाने तयारी गरेको उनले बताए । ‘जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिने काम पनि भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानपछि अभियोजन बनाएर सरकारी वकिलको कार्यालयमात्र अदालतमा अभियोग लैजानेछौं ।’ अन्यमितताको आरोप लागेको लिम्बुलाई डिभिजन वन कार्यालयले हाजिर जमनामा छोडेको थियो ।

सम्बन्धित समाचार

शोकमा बदलियो उत्सव, ३ को मृत्यु, २८ मा कोरोना संक्रमण

एजेन्सी, बैशाख ५-ब्राजिलमा एक परिवारको उत्सव त्यसबेला शोकमा बदलियो जब पार्टीमा सामेल भएका तीन जनाको मृत्यु भयो भने १० जनामा कोरोना संक्रमण देखियो । सायद एउटा जन्मदिनको पार्टीले यस्तो घटना निम्त्याउन सक्छ भन्ने कसैले पनि...

सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित

बुटवल, १५ असार-फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका...

ओलीलाई छिमेकी देशले समर्थन गर्दैनन्ः बाबुराम भट्टराई

विराटनगर, २५ पुस-पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको हिटलर प्रवृतिलाई छिमेकी मित्रराष्ट्रहरुले समर्थन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरमा शनिबार जसपा मोरङले आयोजना गरेको विरोध सभामा...

सात क्विन्टल गाँजा तरकारी बोक्ने ट्रकबाट बरामद, भेडेटारबाट एक जना पक्राउ

धनकुटा । साँगुरीगढी गाउँपालिका – ६ स्थित भेडेटार बजारबाट प्रहरीले सात क्वीन्टल बढी परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले अपरान्ह तीन...

कोशी अस्पतालमा चार महिनामै फेरीए सुपरिटेन्डेन्ट : चन्द्रभाल झा भए मेसु, रविराज सिंहलाई पुरानै जिम्मेवारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...

पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।...

प्रधानमन्त्रीले प्रमाण पुर्याएर बोल्नुपर्छ : डा. शेखर कोइराला

विराटनगर, साउन १–नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तीले प्रमाण पु¥याएर मात्र बोल्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले जति कम बोल्यो त्यति राम्रो हुने भन्दै राम नेपालमा जन्मेको विषय सहि हो भने त्यसलाई...

कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’

काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्