ओलीलाई छिमेकी देशले समर्थन गर्दैनन्ः बाबुराम भट्टराई - News Birat

ओलीलाई छिमेकी देशले समर्थन गर्दैनन्ः बाबुराम भट्टराई

न्यूज विराट

विराटनगर, २५ पुस-पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको हिटलर प्रवृतिलाई छिमेकी मित्रराष्ट्रहरुले समर्थन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरमा शनिबार जसपा मोरङले आयोजना गरेको विरोध सभामा बोल्दै भट्टराईले छिमेकमा आगो लाग्दा रमिते नबन्न भारत र चिनलाई आग्रह गरे ।

छिमेकी मुलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोक्न खोजेको त होइन भन्ने प्रश्न गर्दै भट्टराईले प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख र विघटनपछि चिनियाँ टोलीको नेपाल भ्रमणले शंका उत्पन्न भएको बताए ।

स्वतन्त्र न्यायालयमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्की दिइरहेकोप्रति आपत्ती जनाउँदै भट्टराईले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भनेर आश गर्न सकिने भएपनि भर गर्न नहुने बताए ।

जनताको लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षा र संविधानलाई सहि बाटोमा ल्याउन जनताको खबरदारी आवश्यक रहेको उनले बताए । प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको कदमले संविधानलाई कोमामा पु¥याएको भन्दै भट्टराईले सरकार बन्ने सम्भावना हुँदाहुँदै गरिएको विघटनलाई खारेज गरेर अदालतले संविधान जोगाउनुपर्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles