
हिसान खेल सप्ताह शूरु
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...
विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता उद्धव चन्द्र घिमिर र उच्च अदालत विराटनगरका रजिष्ट्रार दिपेन्द्रबावु थपलियाले मन्त्री राजभण्डारीविरूद्ध उच्च अदालत विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन मंगलबार दर्ता भएको हो ।
मन्त्री राजभण्डारीले ‘न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको’ अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवंता घिमिरे र रजिष्ट्रार थपलियाको तर्क छ ।
विराटनगरस्थित शिक्षादीप कलेजको सम्मान कार्यक्रममा १० असारमा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलंकको संज्ञासमेत दिएका थिए ।
मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ । न्यायाधीशको नाम किटान गरि संविधान र कानूनको उल्लंघन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायायलमाथि घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दावी निवेदनमा गरिएको छ ।
निवेदनमा मन्त्री राजभण्डारीले अदालतको अपहेलनामा गरेकोले न्याय प्रशासन ऐन २०७५ को दफा १७(२) बमोजिमको कसूर भएकोले १ वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना गर्न माग गरिएको छ । यसअघि उच्च अदालत बारले आफ्नो संवैधानिक अप्रमाणित र गैर जिम्मेवार अभिव्यक्ति दिँदै जनतामा न्यायालयप्रति भ्रम सृजना गरिने काम मन्त्रीले गरेको भन्दै आपत्ती जनाएको थियो ।
कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध भोलीपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो ।
पुनः उच्च अदालत विराटनगरका न्यायाधीश द्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । सोही आदेशविरुद्ध मन्त्री राजभण्डारीले आक्रोश व्यक्त गरेका हुन् ।
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने...
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ...
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...
काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ४१० महिला र ५३७ पुरुषमा संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा सबैभन्दा...
विराटनगर, वैशाख २–प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि ः शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध...
काठमाडौँ, माघ २३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो ।...
विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा भोलिदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका...
विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्। आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.