गोल्डेन हस्पिटलमा अमानवीय व्यवहार, बन्धक बनाएको शव कागज गराएर दियोे

 न्यूज विराट
गोल्डेन हस्पिटलमा अमानवीय व्यवहार, बन्धक बनाएको शव कागज गराएर दियोे

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका ३० वर्षीय सञ्जय कामतको उपचारको क्रममा मृत्यु बिहीबार चार बजे गोल्डेन हस्टिलमा मुत्यु भएको थियो । मृत्यु भएपछि परिवारले हस्पिटलले भनेजति पैसाँ तिर्न नसकेपछि हस्पिटलले एक महिना भित्रमा तिर्नुपर्ने कागज गरेर शव परिवारलाई जिम्मा लगाएको हो । अस्पतालले भनेजति पैसाँ तिर्न नसकेपछि हस्पिटलले चार घण्टा शव हस्पिटलमा बन्धन बनाएर राखिएको थियो । स्थानीय जनप्रतिनिधीहरु आएर साची बसेर एक महिनाभित्र उपचार गरेको पैसाँ दिने कागज गराएपछि मात्रै हस्पिटल शव दिन मानेको थियो ।
मनोज स्क्रिन प्रिन्टमा कार्यरत कामत काम सकेर घर फर्किंदै गर्दा सुनसरी बर्जु गाउँपालिका–५ का २७ वर्षीय राजेश चौधरीले मादक पदार्थ सेवन गरी चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । आठ दिनको उपचारपछि बिहीबार बिहान उनको मृत्यु भएको हो ।
दुर्घटना गराउने चौधरीले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले मृतक परिवारलाई ७ लाख रुपैयाँ तिर्न दबाब दिएको पाइएको छ । आर्थिक रूपमा कमजोर अवस्थामा रहेका मृतकका परिवारले यति ठूलो रकम जुटाउन नसक्दा अस्पतालले शव हस्तान्तरण गर्न अस्वीकार गरेको थियो । मृतकका भाइ अजयकुमार कामतका अनुसार अस्पतालले ‘कि दुर्घटना गराउनेबाट पैसा जोहो गराउनुस् कि आफन्तहरूबाट उठाएर बुझाउनु,’ भन्दै अमानवीय व्यवहार प्रदर्शन गरेको छ ।’ शव हस्तान्तरण नगर्नु भनेको मृतकको आत्मसम्मानको अवहेलना मात्र नभएर परिवारको दुःखद अवस्थामा थप पीडा थप्ने कार्य गरेको उनले बताए ।
अस्पतालको अडानपछि मृतकका आफन्तले स्थानीय जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका थिए । विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत र विराटनगर–६ का वडाध्यक्ष अक्षय सहनीको हस्तक्षेपपछि मात्र शव लैजान पाउने सहमति भएको बताइएको छ । यो घटनाले स्वास्थ्य संस्थाहरूमाथि प्रभावकारी नियमन र अनुगमनको खाँचो देखाएको छ । ‘स्थानीय जनप्रतिनधीहरु आएपछि दुर्घटना गराउनेबाट एक महिना भित्रमा हस्पिटलले भनेजति पैसाँ तिर्नुपर्ने कागज गराएपछि मात्रै शव दिएको छ,’ विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतले भने ।
यस विषयमा हस्पिटलका प्रतिनिधी मोहम्मद ज्याहुल हकसँग सम्र्पक गर्दा उनी सम्पर्कमा आउन चाहेनन ।

सम्बन्धित समाचार

बुटवलको कोरोना विशेष अस्पतालमा थप १ काेराेना संक्रमितको मृत्यु

रूपन्देही, १९ भदौ-बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुष हुन् ।   अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ४ भदौमा अस्पताल भर्ना भएका...

एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ । फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी...

प्रदेश १ मा नेपाल भ्रमण बर्ष २०२० को सुभारम्भ

विराटनगर, पुस १६=प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिकरुपमा बुधबार उद्घाटन गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गरे । नौमति बाजा बजाएर विभिन्न जातजाति...

उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना...

‘गल्र्स अन ब्हील’ प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीे पथम

विराटनगर । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिता आयोजना गरेको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पनन भएको प्रतियोगितामा स्वैच्छा थापा र सावित्री ढकालको जोडीले पथम भएका...

कोरोनाबाट पर्साका २ जनाको मृत्यु

काठमाडौं, २१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार...

राजस्थानमाथि बैंगलोरको जित

एजेन्सी, १ कात्तिक-एबी डी भिलियर्सको शानदार पारीसँगै रोयल च्यालेञ्जर्स बैंगलोरले युएईमा जारी आइपीएल-१३ को ३३औँ म्याचमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । डी भिलियर्सले मात्र २२ बलमा अविजित ३३ रन बनाए । उनले एक...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्