थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी
शुक्रबार, ०८ असार, २०८०,
न्यूज विराट
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मोदीले यस्तो बताएका हुन् । मन्त्री मोदीले एकजुट भएर अघि बढेमात्र सामुदायिक पहिचान स्थापित हुने भएकाले थारु सामुदायहरु फुटेर होईन जुटेर अघि बढ्नुपर्ने सुझाव दिए । उनले थारु समुदायले विगत देखीनै आफ्नो पहिचान स्थापित गर्न विभिन्न संघर्षहरु गर्दै आएको बताए । थारुहरुको पहिचान गुम्नबाट जोगाउन सामुदायिक संस्थाको रुपमा थारु कल्याणकारिणी सभाले बिशेष भुमिका निर्वाह गर्नुपर्ने उनले बताए । समुदायको सर्वपक्षिय विकासका निम्ति सामाजिक चेतनाको अभियान समेत चलाउनुपर्नेमा मन्त्री मोदीले जोड दिए । मन्त्री मोदीले थारुहरु भुमिपुत्र रहेको उल्लेखगर्दै विगतमा मलेरियासंग लड्दै आएकाले थारु समुदायका अधिकांश ब्यक्तिहरुको जिनमा सिकल सिलेनिमियाको गम्भिर समस्या देखिएको उनको भनाई थियो । मन्त्री मोदीले थारु समुदायको उन्न्यनका निम्ति आफु मातहतको मन्त्रालयबाट हुनसक्ने सम्मको सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य दिलीपकुमार गच्छदार,प्रेदश सभा सदस्यद्वय चुमनलाल तवदार,जयप्रकाश चौधरी र आयोजक संस्थाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी,नेपाली काँग्रेसका मोरङ उपाध्यक्ष भक्तीनाथ माझी लगायतका वक्ताले थारु समुदायको योगदान र अवस्थाका बिषयमा बालेका थिए । उनीहरुले कल्याणकारिणी सभाले आफ्ना गतिविधिलाई थप प्रभावकारी रुपमा अघि बढाउनुपर्ने जोड दिए । सभाको १० औं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति समेत चयनगर्ने सभाका मोरङ अध्यक्ष प्रदिप भगतले जानकारी दिए ।
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। आफ्ना प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतले पछि पार्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले ५१२ प्राप्त गरेका छन् भने ढकालले ४३० मत...
विराटनगर । ट्राफिक प्रहरी पोष्ट निमुवा मोरङले १ सय भन्दा बढि सिटीसफारीका चालकलाई ट्राफिक नियमबारे सचेतना जगाएका छन् । मुख्य सडक मार्गदेखि सहायक सडक मार्गमा सिटीसफारी चलाउँदा चालकले पालना गर्नुपर्ने सवारी साधन नियमका बारेमा सचेतना...
पोखरा, २ भदौ-पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुने संक्रमित तनहुँकी महिला हुन् । उनको आज बिहान कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । तनहुँ ब्यास-१ अम्रेनीकी...
तालिबान लडाकुले अफगानस्तिान कब्जा गरेसँगै काबुलस्थित हमिद कारजाई विमानस्थलको स्थिति भयावह भएको छ । विमानस्थलमा कुनै सिस्टमबिना जहाज चढ्नेहरूको भिड बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान चढ्न नपाएपछि पांग्रामा झुण्डिएका दुई जना खसेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र...
मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ । फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी...
विराटनगर । विराटनगरस्थित होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू भएको छ । जैन इन्टरनेशल टे«ड अर्गनाइजेसन (जितो) को आयोजनामा विराटनगरमा एक दिने हाटबजार मेला बिहीबार लागेको हो । उक्त मेलाको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश...
बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले महिलाहरूको महान् चार्ड तीज पर्व मनाएका छन् ।सौन्दर्यकर्मीहरूले विराटनगरमा बुधवार एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम आयोजना गरी मनाएका हुन् । उनीहरूले तीजको अवसर...