राशिफल

काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण

 न्यूज विराट
काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर गर्दा ७ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ३०८ महिला र ४६८ पुरुष हुन् ।

योसिहत संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै, बिहीबार ९ सय ४७ जना संक्रमणमुक्त भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ । आज ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।

सम्बन्धित समाचार

जीवन विकासको गोल्डकपको उपाधि पशुपति क्बलको पोल्टामा

विराटनगर । जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।मोरङको जहदा गाउँपालिका – ३ मा शनिवार सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि...

किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी भेटियो

विराटनगर । विराटनगर – ११ मा रहेको किरण क्यालसिक बेकरीले उत्पादन गरेको पाउरोटीमा ढुसी फेला परेको छ । म्याद सकिने मिति दुई दिन बाँकी रहेको पाउरोटीमा ढुसी परेको भेटिएको हो । विराटनगर – ५ चाँदनी...

रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)

विराटनगर, १४ असोज । विगतका वर्षहरुझैँ यसवर्षपनि मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरमा भोली प्रदेशस्तरीय फूलपाती वढाई हुने भएको छ । पूर्वको प्रशिद्ध शक्तिपिठको रुपमा रहेको सो मन्दिरमा आगामी असोज १६ गते विहान साढे ९ वजे प्रदेश...

काममा जान्छु भनेको धामीको हत्या

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका – ४ बटरबारीका एक जना धामीको हत्या भएको छ । ३२ वर्षीय अशोक कुमार यादवको हत्या भएको हो । हत्या गरिएको अवस्थामा शुक्रबार विहान सुनवर्षी नगरपालिका ४ बटरवारी जाने भित्री...