एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

 न्यूज विराट
एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ ।

फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी तोडफोड गरिएको छ ।

संस्थापन पक्षले नगर कमिटी घोषणा गर्ने र सदस्यता नवीकरणका लागि भन्दै विस्तारित बैठक बोलाएको र भेला सुरु हुनुअघि बैठकस्थलमा राखिएका कुर्सी तोडफोड भएको उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले बताए ।

‘किन र कसले तोडफोड गर्‍यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने । एमालेको संस्थापन पक्षले माधव नेपाल समूहका कार्यकर्ताले तोडफोड गरेको हुन सक्ने आशंका गरेको छ ।

तर, खानाल-नेपाल समूहका नगर संयोजक गंगा बाँस्तोलाले आफूलाई बैठकमा भएको तोडफोडबारे जानकारी नभएको बताए । संस्थापन पक्षले बोलाएको बैठकमा नजान निर्देशन दिएकाले आफूहरुको बद्नाम गर्न आरोप लगाइएको उनले बताए ।

सम्बन्धित समाचार

साउनमा मात्रै पूरा बजेट ल्याउन कांग्रेसको माग

 काठमाडौं, २९ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद तथा छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले आगामी आर्थिक वर्षको लागि साउनमा मात्रै पूरा बजेट ल्याउन आग्रह गरेका छन् । संक्रमितबाट पर्ने समस्या र क्षति न्यूनीकरणको उपायका...

१५ बैंक ह्याक गर्ने धम्की, राष्ट्र बैंक भन्छ- त्रासमात्र फैलाउने काम

काठमाडौं, ७ साउन । राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनीसहित म्यासेज आएपछि बैंकिङ क्षेत्रमा तरङ्ग पैदा भएको छ । नेपाल राष्ट्र बैंक आईटी डिपार्टमेन्टमा कार्यरत कर्मचारीको ग्रुप च्याटमा...

सुवास नेम्वाङ भन्छन् : मलाई प्रधानमन्त्रीको अफर आइरहेको छ 

काठमाडौं, १९ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइरहेको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न स्थानबाट प्रधानमन्त्रीको प्रस्ताव आए पनि स्वीकार...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

एजेन्सी, १७ कात्तिक-अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरूको मृत्यु भएको छ ।  देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डरसमेत रहेको जनाइएको छ । घटनाका बारेमा थप विवरण संकलन...

रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम

विराटनगर, २२ माघ । मोरङको रंगेलीमा रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृति तालिम सम्पन्न भएको छ । रंगेली नगरपालिकाको आयोजनामा सञ्चालित न्यायीक समितिका पदाधिकारी र मेलमिलाप केन्दका संयोजकहरुको दुई दिने क्षमता अभिबृद्धि तालिम...

आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

काठमाडौं, १८ जेठ-आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । आज पुष्टि भएका संक्रमितमध्ये १ जना ६२ पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना...

तेली कल्याणले निःशुल्क विवाह गरिदिने

विराटनगर । तेली कल्याण समाज मोरङले आर्थिक अवस्था नाजुक भएका परिवारको छोरा–छोरीको निःशुल्क विवाह गरिदिने भएको छ । आर्थिक अवस्था नाजुक भएर विवाह गर्न नसक्ने परिवारका छोरा छोरीहरूको निःशुल्क विवाह गरिदिने व्यवस्था गरेको हो ।समाजका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्