नर्सिङ्ग क्याम्पसको प्रशासनिक र प्रमुखको आवास गृह उद्घाटन
बुधबार, १७ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसको शैक्षिक, प्रशासनिक एवं क्याम्पस प्रमुखको आवास गृहसहितको भवन संचालनमा आएको छ । क्याम्पसन परिसरमा तीन तलाको भवनको बुधबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो । उक्त आवास गृहसहितको प्रशासनिक भवनको उद्घाटन त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालले गरे । तीन तलाको भवनमा पहिलो तलामा कक्षा कोठा, दोस्रो तलामा प्रशासनिक भवन र तेस्रो तलामा क्याम्पस प्रमुखको आवसगृह रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको कोशी प्रदेशको विराटनगरमा रहेको एकमात्र नर्सिङ्ग क्याम्पस हो । यसको स्थापना २०२३ सालमा नेपाल सरकारको अनमी. तालिम केन्द्रको रुपमा भएको हो । २०२९ सालमा त्रि.बि. चिकित्सा शास्त्र अध्ययन संस्थान स्थापना भएपछि त्रि.वि.अन्तरगत कार्यक्रमहरु संचालन भए । विभिन्न समय कालखण्ड पार गर्दै यस क्याम्पसले ५७ वर्ष पुरा गरी सकेको विराटनगर नर्सिङ्ग क्याम्पस प्रमुख मेनुका भण्डारीले जानकारी दिइन् । यसमा प्रमाण पत्र तह नर्सिङ्ग ४५ जनाअध्ययन गर्छन । ‘जुन २०७६ बाट फेज आउट भएको छ । यो हाम्रो चाहना थिएन, बिश्वबिद्यालयको नम्स अनुसार भएको हो,’ उनले भनिन्, ‘किनकि यो क्याम्पस प्रमाणपत्र नर्सिङ्ग बाट बढी चर्चा पाएको क्याम्पस हो । यसै बर्षबाट क्याम्पसमा बी.एन.एस. तथा बी.एस.सी. ४०–४० कोटामा संचालन भएको छ । जुन हाम्रो लागि ऐतिहाहिक उपलब्धी पनि हो ।’ यस क्यामपसबाट उत्पादित नर्सिङ्ग जनशक्ति स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा अब्बल भएर काम गरिरहेको अवस्था रहेको उनले बताए । हाल विराटनगर नर्सिङ्ग क्याम्पस अलुमनाई असोसिएसनको अध्यक्ष प्रध्यापक डा. राम शरण मेहता रहेका छन् । यस क्याम्पसमा पूर्व मेचीदेखी पश्चिम महाकाली सम्मका बिध्यार्थीहरु पढ्ने भएकोले उनीहरुलाई सहुलियतमा होस्टलको व्यवस्था पनि उपलब्ध गराईएको छ । करीब १५० जना विद्यार्थी होस्टलमा रहेका छन् । क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायानको प्रमाणपत्र पनि प्राप्त गरेको क्याम्पस प्रमुख भण्डारीले बताइन् । यो प्रमाणपत्र पाउन चार वर्ष समय लागेको उनले बताइन् ।
विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना युवक मृत फेला परेका छन् । नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीया गणित राजवंशी शव...
काठमाडौं, २१ पुस-काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा नस्किन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै अकास्मात आएको वायु प्रदूषण उच्च भएकाले केही समय मर्निङवाकमा निस्कन नहुने, आगो...
काठमाडौं, १२ जेठ-प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरूले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ । एकल महिलाले ६० वर्ष पुगेपछि मात्रै भत्ता पाउने प्रावधान सरकारले लागु गरेपछि समितिले चालु अधिवेशनबाट...
विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...
विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बुधबार सप्तरीको महदेवा गाउँपालिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको आन्तरिक विवाद...
विराटनगर, २ मंसिर । नेकपा एमाले प्रदेश १ ले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ । विराटनगरमा आज सम्पन्न नेकपा (एमाले) १ नं. प्रदेश कमिटीको पूर्ण बैठकमा...
काठमाडौं, १३ जेठ-प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ। इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र...