विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो ।
विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए । जनतालाई घर सेवा पुर्याउने लक्ष्य अनुसार लक्षित वर्गलाई पायक पर्ने स्थानमा महिनामा २ पटक सेवा शुरु गरिएको हो । सेवाग्राहीको चाप हेरेर थप सेवा उपलब्ध गराउने वडाध्यक्ष पोखरेलले प्रतिबद्धता व्यक्त गरे । उनले घर पायकै सेवा शुरु गरिएकाले सेवालिन वडावासीमा आग्रह गरेका छन् ।
वडा नंं ८ का स्वागतम् चौक, बलुवाही, अशोक चौक, रेल्वेपारि र अमरटोलका बासीन्दाहरुलाई लक्षित गरि सेवा शुरु गरिएको वडाध्यक्ष पोखरेलले बताए । ‘गाउँघर क्लिनिक मार्फत प्रदान गरिने सेवाहरु घर–घरमा पुगेर स्वास्थ्यकर्मीले दिने छन् ,’ उनले भने । सेवा शुभारम्भका दिन मंगलबार ४० बालबालिकाले नियमित खोपको सेवा गाउँघर क्लिनिक मार्फत पाएको उनले जानकारी दिए ।
विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले महानगरपालिकाले वडा स्तरबाट पहिलो पटक सेवा शुरु गरेको बताए । लक्षित वर्गलाई पायक पर्ने गरि सेवा शुरु गरिएको उनले बताए । एकै ठाउँमा सेवाग्राहीहरुले धेरै सेवा पाउने उनको भनाई छ ।
विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् । विद्यार्थी...
धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी...
विराटनगर, १० असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान १ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ...
विराटनगर । मोरङको बेलबारी नगरपालिका – ३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारता सारेर सुनसरीको इनरुवामा लगिएको छ ।संचालनमा आएको ९ महिनापछि मंगलबार मध्य राती स्थानीय पालिकासँग कुनै समन्वय र सहकार्य नगरि प्रहरीले...
भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...
विराटनगर, २० असोज -प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित...
सुर्खेत, १९ वैशाख-१३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिँदै श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसँग जोडिएका समस्या सामाधान गर्न आवश्यक कदम चाल्ने बताएका छन् । कोरोना भाइरसका कारणले लकडाउनमा परेका...
काठमाडौं, ३२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । २० साउनभित्र नै नतिजा सार्वजनिक...