मजदुरका लागि राहत प्याकेज ल्याउँछौँ :मुख्यमन्त्री शाही

 न्यूज विराट
मजदुरका लागि राहत प्याकेज ल्याउँछौँ :मुख्यमन्त्री शाही

सुर्खेत, १९ वैशाख-१३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना सन्देश दिँदै श्रमजीवि मजदुर वर्गका दैनिक जीविकोपार्जनसँग जोडिएका समस्या सामाधान गर्न आवश्यक कदम चाल्ने बताएका छन् ।

कोरोना भाइरसका कारणले लकडाउनमा परेका मजदुरलाई राहत प्याकेज उपलब्ध गराउन प्रदेश सरकारको तर्फबाट सबै स्थानीय तहमा आवश्यक बजेट पठाएका जाकारी दिएका हुन् ।

उनले शुभकामना सन्देशमा ‘लकडाउनका कारण बाटो र कार्यस्थलमा अलपत्र मजदुरको उद्धारमा पनि आवश्यक समन्वय भइरहेको छ’ भनेका छन्, ‘हाम्रा सामु अप्रत्यासित रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको संकटले सिंगो विश्व समुदाय आक्रान्त बनेको छ ।’

मुख्यमन्त्री शाहीले ‘कोरोनाका कारण आम मानव समुदायले भोग्नुपरेको समस्याका अलावा मजदुर वर्गले दैनिक जीवीकोपार्जनसंग जोडिएका थप समस्या भोगिरहेको प्रति प्रदेश सरकार गम्भीर रहेको बताए ।

‘यो संकटको सामनाका लागि प्रदेश सरकार सम्पूर्ण साधनश्रोत तथा संयन्त्रको परिचालन सहित गम्भिरतापुर्वक लागिरहेकोले उच्च मनोवल सहित धैर्य गर्न समग्र प्रदेशवासी जनसमुदायलाई हार्दिक आग्रह गर्दछु’ उनले भनेका छन् ।

सम्बन्धित समाचार

मोरङ भयो महिला क्रिकेट कपको समुह विजेता

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...

कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले (सम्बोधनको पूर्णपाठ)

प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का विषयमा देशवासीका नाम सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा भइरहेको तयारीबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको सम्बाेधनकाे पूर्ण पाठ आदरणीय...

सीपीएल : सन्दीपले २ विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं, ७ भदौ-वेष्ट इण्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा अन्तगर्त गयना अमेजन वारियर्सविरुद्ध नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज १४ रनले पराजित भएको छ । गएराति भएको खेलमा वारियर्सले दिएको १ सय १९ रनको...

कोशी प्रदेशबाट २९५ जना प्रहरी जवान दिक्षित

विराटनगर । कोशी प्रदेशबाट २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा संचालित प्रहरी जवान १४० औं समुहबाट ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरु आइतबार दिक्षित...

पुनर्स्थापित संसदमा पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

आज दिउँसो १ बजे नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि पार्टीको रणनीति तय गर्न बैठक बस्न लागेको हो । बैठकमा...

युवालाई लोकसेवा तयारी कक्ष पढाउँदै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले यहाँका पाँच दजर्न बढी युवा युवतीहरुलाई लोकसेवाको तयारी कक्षा पठाउन सुरु गरेको छ ।प्लस २ (१२) कक्षा उत्तीर्ण भएका कटहरी गाउँपालिका भित्रका युवा युवतीहरुलाई सोमबारदेखि पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन...

बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

चितवन, १७ भदौ-जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आए सँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले...

विष्फोटक पदार्थसहित विप्लवका इन्चार्ज र कार्यकर्ता पक्राउ

इलाम, २३ वैशाख  -इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति ११ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्