विष र करेन्टका कारण लोप हुँदै असला माछा - News Birat

विष र करेन्टका कारण लोप हुँदै असला माछा

न्यूज विराट

धनगढी, ३२ जेठ-कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएकाे छ । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएकाे हाे ।

जिल्लामा अब बीओपीको सङ्ख्या ९ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ । १ सय १ किलोमिटर खुला सिमाना रहेको जिल्लामा लकडाउन अवधिमा सशस्त्र प्रहरी परिचालन गरी सीमा सुरक्षा हुँदै आएको छ ।

जिल्लाका पाँच स्थानमा बीओपी थप गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले जानकारी दिए ।

बीओपी स्थापना भएसँगै सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न थप बल पुग्नुका साथै त्यस क्षेत्रका नागरिकको सुरक्षाको भएको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles