कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए शपथ
आइतबार, ०७ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोरोना भाइरसको असरका कारण देखिएको आर्थिक मन्दीले आर्थिक अनुदान र राजस्व सङ्कलनमा सङ्कुचन आएको दृष्टान्त प्रस्तुत गर्दै सोही अनुसार आगमी योजनाहरु निर्माण गर्न योजना आयोगले ध्यान दिनुपर्ने कुरामा जोड दिए । पुरानो १ नं प्रदेशको रुपमा रहेको कोशी प्रदेशले आगमी दिनमा आफ्ना कामले पनि एक नं सावित गर्नुपर्ने चुनौती रहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई साकार बनाउन उपाध्यक्ष उप्रेतीको भुमिका प्रभाकारी हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा बोल्दै नव नियुक्त उपाध्यक्ष उप्रेतीले स्थानीय स्रोत साधान र स्थानीय अर्थतन्त्रको व्यवस्थापन गर्दै योजनाहरु निर्माण गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जोड दिने बताए । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । महेन्द्र रत्न क्याम्पस ताहाचलमा प्रध्यापन गर्दै आएका उप्रेती त्रिभूवन विश्व विद्यालयको पूर्व राजिष्ट्रार हुन् ।
विराटनगर । विराटनगर १३ सैनिक टोलमा सांगीतिक कार्यक्रम भएको छ । स्थानीय कलाकारहरुको उपस्थितिमा शनिबार नेपाल हातेमालो मंञ्चको आयोजना गोदावरी स्कुलको सह आयोजनामा उक्त सांगीतिक कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती दिएर सैनिक...
विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...
विराटनगर । अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगरि...
विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...
काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...
विराटनगर, १३ माघ । विराटनगरको रोडषेश चोकबाट प्रहरीले ठुलो परिमाणमा अवैध कुखुरा बराबद गरेको छ । विराटनगर–१२ स्थित रोडशेष चोकबाट भारतको जोगवनीबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।...
विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...
काठमाडौं, २२ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीस्इन्फेक्ट छर्दैमा कोरोना भाइरस नाश नुहने बताएको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शरीरमा कीटनाशक झोल छर्किँदैनमा कोरोनाको संक्रमण नरोकिने बताएका हुन् । विभिन्न ठाउँमा डिस्इन्फेक्सन...