मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

 न्यूज विराट
मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार, सोही ठाउँका २० वर्षीया दिपेश कुमार सरदार, २१ वर्षीया विजय सहनी, २५ वर्षीया जितेन कुमार राय र विराटनगर महानगरपालिका वडा नं.– ८ का २० वर्षीया रोहित चौधरी रहेका छन् । प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकलसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन बहादुर दाहालले जानकारी दिए ।

पक्राउ परेका पाँचै जनालाई प्रहरीले मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा मिति आइतबार सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार

शिक्षादीप कलेजद्वारा उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित

विराटनगर । विराटनगरस्थिति शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो । यसरी सम्मानित हुने फिजिक्स...

शनिबारसम्म अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २ असोज-मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश-१, २, ५, वाग्मती,...

तालिबानका शीर्ष कमाण्डर सिराजुद्दिन हक्कानी कोरोना संक्रमित

एजेन्सी, जेठ १०-तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना...

विपन्नलाई राहत वितरण

विराटनगर, चैत १९–विराटनगर वडा नं. १७ रानी स्थित इस्लामपुरको धुनिया वस्तीमा लक डाउनका कारण जिवन यापनमा समस्यामा परेका परिवालाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘बर्न टु हेल्प सोसाइटी’...

प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै रिजालको आपत्ति

काठमाडौं, फागुन १३–प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद मीनेन्द्र रिजालले ५ वटा हेलिकप्टर लिएर प्रधानमन्त्रीले तामझामका साथ जन्मदिन मनाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद रिजालले प्रधानमन्त्रीले ‘राजा महाराजा’ शैलीमा जन्मदिन मनाएको भन्दै...

कोशी प्रदेशमा आदिवासी दिवसमा शुक्रबार विदा

विराटनगर । कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुईटेलले सरकारले शुक्रबारका लागि सार्वजनिक विदा दिएको जानकारी दिएका हुन् । कोशी प्रदेश मन्त्रीपरिषदको...

घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...

विराटनगरमा ४९ सहित प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण

विराटनगर, २२ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्